दुई ग्राम ब्राउनसुगरसहित दुई महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
दुई ग्राम ब्राउनसुगरसहित दुई महिला पक्राउ

सारांश

  • कैलाली ।
  • धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्ट रहेका छन् ।

कैलाली । धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्ट रहेका छन् ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र. ०१–००१ प १७०९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?