उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक

सारांश

  • नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले आगामी निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
  • भैरहवामा पत्रकार सम्मेलन गर्दै रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार भुसालले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
  • आफूले सार्वजनिक गरेका प्रतिबद्धता सरकार बनेपछि मात्रै पूरा गर्न सकिने उहाँले बताउनुभयो ।

नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले आगामी निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

भैरहवामा पत्रकार सम्मेलन गर्दै रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार भुसालले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । आफूले सार्वजनिक गरेका प्रतिबद्धता सरकार बनेपछि मात्रै पूरा गर्न सकिने उहाँले बताउनुभयो ।

नेता भुसालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजना आगामी एक वर्षभित्र सम्पन्न गरिने, बेथरी–बेलबास नहरसहितको हरित सडक आयोजना आगामी तीन वर्षमा पूरा गरिने, लुम्बिनी बुद्ध परिपथ निर्माण गरिने उहाँको प्रतिबद्धतामा उल्लेख छ ।

त्यस्तै प्रतिबद्धतामा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको आयोजना वामपन्थीको सरकार बनेपछि शुरु हुने, कोरला नाकादेखि सुनौली सडक कालीगण्डकी करिडोरको आयोजना, हुलाकी राजमार्गलाई चार लेन बनाउने, सिद्धार्थनगरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण आफूहरुको योजनाभित्र रहेको नेता भुसालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?