दुई बोर्डिङ सरकारी स्कुलमा गाभिए
सारांश
- काठमाडौं ।
- सबैले निजी महंगा विद्यालयमा बालबालिका पढाइरहेका बेला गुल्मीमा भने निजी विद्यालय सरकारी स्कुलमा गाभिएका छन् ।
- निजी शिक्षालाई सामुदायीकरण गर्नुपर्ने चर्चा चलिरहेको बेला गुल्मीका दुई निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभिएका हुन् ।
काठमाडौं । सबैले निजी महंगा विद्यालयमा बालबालिका पढाइरहेका बेला गुल्मीमा भने निजी विद्यालय सरकारी स्कुलमा गाभिएका छन् । निजी शिक्षालाई सामुदायीकरण गर्नुपर्ने चर्चा चलिरहेको बेला गुल्मीका दुई निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभिएका हुन् ।
गुल्मी दरबार गाँउपालिकामा रहेकोको गौरीशङ्कर इङ्लिस बोर्डिङ स्कुल ईश्वरी माध्यमिक विद्यालयमा र रेसुङ्गा इङ्लिस बोर्डिङ स्कुल ठूलोपोखरा आधारभूत विद्यालयमा गाभिएका छन् ।
निजी विद्यालयका भौतिक सम्पत्ति र शिक्षकलाई सामुदायिक विद्यालयले सकार्ने निर्णय गरी गाभिएका हुन् । २०५२ सालमा स्थापित गौरीशङ्कर स्कुलमा तीन सय र २०५७ सालमा स्थापित रेसुङ्गा स्कुलमा सात सय विद्यार्थीहरु पढिरहेका थिए ।
गौरीशङ्कर स्कुललाई भौतिक सम्पत्तिवापत ६० लाख रुपियाँ र रेसुङ्गा स्कुललाई डेढ करोड रुपियाँ उपलब्ध गराइने भएको छ ।
गाउँपालिका अध्यक्ष अशोक थापाका अनुसार विद्यालयलाई रकम किस्ताबन्दीमा दुई वर्षभित्र उपलब्ध गराउने सहमती भएकाले विद्यालय गाभिएका हुन् । शिक्षक सामुदायिक विद्यालयमा समाहित हुँदा उनीहरूको तलव गाँउपालिकाले उपलब्ध गराउने भएको छ ।
प्रतिक्रिया