दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
५१ पटक हेरिएको
Shares
दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग

सारांश

  • काठमाडौं।
  • दुई नम्बर प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै तत्काल छानवीन गर्न सरकारसँग माग गरेका छन्।
  • शुक्रबार विहान प्रदेश दुईका प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले दुई नम्बर प्रदेशको सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेको उल्लेख गर्दै छानवीन गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका हुन्।

काठमाडौं। दुई नम्बर प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै तत्काल छानवीन गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार विहान प्रदेश दुईका प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले दुई नम्बर प्रदेशको सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेको उल्लेख गर्दै छानवीन गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका हुन्। प्रदेश नम्बर दुईको सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेकाले छानवीन गर्न सरकारसँग माग गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहले जानकारी दिए।

सांसदहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति संचालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन सरकारको ध्यानाकर्षण गराएका छन्। कूटनीतिक मर्यादा विपरितका गतिविधि हुन नदिन कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाईका साथ लागू गर्न सरकारसँग माग गरिएको छ। संघीयता अनुकूल परिमार्जनगरी कूटनीतिक आचारसंहिताको पूर्ण पालना गराउन पनि सरकारलाई सचेत गराइएको प्रतिनिधिसभाका सांसद साहले बताए।

सांसदहरुले प्रधानमन्त्री, मन्त्री, मुख्य राजनीतिक दलका नेताहरुले कूटनीतिक नियोगका प्रमुखहरुसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरु अनिवार्य रहने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। त्यसैगरी परराष्ट्र मन्त्रालयको स्वीकृतिविना प्रदेश सरकारलाई कूटनीतिक भेटघाट गर्न नदिन पनि सरकारलाई आग्रह गरिएको प्रतिनिधिसभाका सांसद साहले जानकारी दिए।
ज्ञापन पत्रमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा अविलम्ब कार्यकारी निर्देशक नियुक्त गर्नुका साथै संघीयता अनुकूल उक्त संस्थाको पनि पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण पनि गराइएको छ। सांसदहरुको ज्ञापत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक आचारसंहिता परिमार्जनको क्रम सुरु भएको उल्लेख गर्दै तयार हुने वित्तिकै त्यसलाई कडाईका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले मुलुक संघीयताको नयाँ चरणमा प्रवेश गरेकाले सोही अनुसारको कानुन बनाउने काममा ध्यान दिँदा कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा केही कमीकमजोर हुन गएको स्वीकार गर्दै आइन्दा त्यस्ता कमी हुन नदिने आश्वासन सांसदहरुलाई दिएका थिए।

२०६८ सालमा बनेको कूटनीतिक आचारसंहितालाई संशोधन गर्ने सरकारको तयारी छ। मन्त्री ज्ञवालीले सो आचारसंहिता संशोधन गरेपछि त्यसलाई कडाईका साथ कार्यान्वयनमा लैजाने बताए। संविधानले व्यवस्था गरे अनुसार कूटनीतिक मर्यादा कायम गर्न÷गराउन माग गर्दै परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाउने दुई नम्बर प्रदेशका प्रतिनिधिसभाका सांसदहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, चाँदतारा कुमारी, दिल कुमारी, रेखाकुमारी झा, बोधमाया यादव, समिना हुसेन, सुमनराज प्याकुरेल रहनु भएको छ भने प्रदेश सभा सांसदहरुमा प्रमोदकुमार यादव, रामकुमार यादव र भरतप्रसाद साह रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
अब बसाइँ सरेका ठाउँबाट पनि नागरिकता
अब बसाइँ सरेका ठाउँबाट पनि नागरिकता
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्डः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
Rishi Kapoor and Taapsee Pannu starrer ‘Mulk’ teaser presents high-octane courtroom drama!
Rishi Kapoor and Taapsee Pannu starrer ‘Mulk’ teaser presents high-octane courtroom drama!
सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ : मन्त्री शर्मा
खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति
खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति
भिलेन बन्दै ऐश्वर्या राय
भिलेन बन्दै ऐश्वर्या राय
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित