मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १७, २०७४
|
|
४० पटक हेरिएको
Shares
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

सारांश

  • शुरबहादुर सिंह जुम्ला ।
  • यसअघि पैसा कमाउन उनी भारतमै जान्थे ।
  • गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन ।
  • शुरबहादुर सिंह

जुम्ला । यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन ।  कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन ।

सधैँ भारत जाँदा प्रगति नभएकाले खाडी मुलुकमा गएका साथीहरुले केही पैसा जोहो गरेको प्रति उनको मोह बढ्यो । उनले स्थलमार्गको यात्रा गरेर भारतका गल्लीमा पसिना चुहाउनुभन्दा हवाई मार्गको यात्रासँगै दुःख गरेर भए पनि खाडी मुलुकमा जाने र केही कमाउने सपना बुने । कसैको काम गरेर सामान्य आम्दानी गर्ने उनीसँग भने विदेश जाने मोटो रकम थिएन ।

यसअघि घरमा उनकी श्रीमती सपनाको मानसिक सन्तुलन गुमेको थियो । उनलाई ठीक ठाउँमा ल्याउन ऋणको जोहो गर्नुप¥यो । झण्डै रु एक लाख २५ हजार खर्च गरेर श्रीमतीलाई निको पारेका उनले ऋणको साँवा र ब्याज चुक्ता गर्न विदेश जानुपर्ने नै थियो ।

खेतबारीको उत्पादनले तीन महिना जीवन निर्वाह गर्न धौधौ हुने उनको परिवारका लागि राहदानी बनाउनदेखि काठमाडौँ भएर विदेश जानु पहाड ढाल्नु जत्तिकै थियो । तथापि निकै हारगुहार गरी दुई महिना लगाएर सयकडा रु चार÷पाँच ब्याज दिनेगरी रु एक लाख ५० हजार ऋण प्राप्त गरी जस्मिन ओभरसिज प्रालि वसुन्धरा काठमाडौँमार्फत गत साउन १७ गते उडान भरेका उनी १८ गते मलेसिया पुगे । दुर्भाग्य ! पुगेको पाँच दिनपछि नै उनको मानसिक सन्तुलन गुम्यो ।

झण्डै एक महिनादेखि मानसिक रोगका बिरामी सुनार तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी हुन् । उनी बेसहारा अवस्थामा रहेको उनीसँगै मलेसिया पुगेका छिमेकी दाइ अमृत सुनारले जानकारी दिए । “एक्कासि दिमागले काम नगरेपछि कम्पनीले उसलाई उपचारका लागि लगेको थियो । त्यसपछि कहाँ के भएको छ भन्ने मलाई थाहा छैन”, उनले भने ।

पहिलो पटक आएको र भाषाको पनि ज्ञान नभएकाले आफूलाई पनि निकै गाह्रो भएको उनको भनाइ छ । सुनारको स्वास्थ्य अवस्थाका विषयमा घरपरिवारका सदस्य अहिले गम्भीर चिन्तामा छन् । सुनारलाई फिर्ता गर्न भनेर काडमाडौँमा पुगेका उनका दाइ तुल्बिर तनावमा भौँतारिरहेका छन् । निरक्षर भएकाले कहाँ के गर्ने भन्ने कुनै कुरा उनलाई थाहा छैन । उनी ऋण काढेर विदेश पठाइएका भाइलाई स्वदेश फिर्ता गर्ने ऋण पाउन गाह्रो भएको दुःख पोख्छन् ।

“भाइलाई म्यानपावरले फिर्ता गरिदिने भनेपछि काठमाडौँ आइयो तर भाइ आउने अत्तोपत्तो छैन”, उनले भने । म्यानपावरका अनुसार दुई पटक ल्याउन भनेर टिकट पठाइएको तर भाइ आउन नमानेको उनको भनाइ छ । भाइ नेपाल आउँछ कि भन्ने आशामा आइतबारसम्म काठमाडौँमा बस्ने उनले बताएका छन् ।

जस्मिन ओभरसिज प्रालिका प्रमुख नवराज भट्टले रासससँग फोनमा कुरा गर्दै मलेसियाको रोयका इलोक्ट्रोनिक्स कम्पनीसँग तीन वर्षको सम्झौतामा मानसिङ र अमृत सुनारलाई पठाइएको जनाए । “पठाएको दिनबाटै मानसिङको सन्तुलन गुम्यो र कम्पनीले १५ दिनजति उपचार गर्दा १० हजार रिंगेट (करिब नेपाली रु तीन लाख) खर्च भएको छ”, उनले भने ।

सुनारका दाइ तुल्बिरले भाइलाई नेपाल फर्काइदिन गरेको आग्रहमा पहिलो पटक रु २५ हजार ८०० र दोस्रो पटक रु २४ हजार टिकट पठाउँदा पनि प्लेन चढाउन नसकिएकाले उनलाई नेपाल ल्याउन नसकिएको सो कम्पनीका प्रमुख भट्टले बताए । उनले अहिलेसम्म सुनारका लागि रु तीन लाख ५० हजार खर्च भइसकेको र अब केही गर्न नसक्ने बताएका छन् ।

पीडित परिवारले भने सुनारलाई नेपाल ल्याइदिन र उनको जीवन बचाइदिन भन्दै सरकारसँग सहयोग याचनाका लागि सञ्चारमाध्यमलाई आवाज बन्दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाकोविद्यालय जाँदै गरेका  प्रधानाध्यापकमाथि गोली प्रहार.
धनुषाकोविद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार.
माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी
माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
सिन्धुपाल्चोकमा कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ !
सिन्धुपाल्चोकमा कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ !
सवारी चापको कारण बिपि राजमार्ग पुरै जाम…
सवारी चापको कारण बिपि राजमार्ग पुरै जाम…
थ्री नेसन्स कपः लाओसविरुद्ध नेपालको शानदार जित
थ्री नेसन्स कपः लाओसविरुद्ध नेपालको शानदार जित
अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु
अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव
बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने