सेवा सुविधा नपाएको अपांग विद्यार्थीको गुनासो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
५३ पटक हेरिएको
Shares
सेवा सुविधा नपाएको अपांग विद्यार्थीको गुनासो

सारांश

  • रोल्पा, ११ चैत , आवश्यक सेवासुविधा उपलब्ध नहुँदा विशेष कक्षा सञ्चालनमा समस्या हुँदै आएको रोल्पाका अपांग विद्यार्थीले गुनासो गरेका छन् ।
  • यहाँ २०६० सालदेखि दृष्टिविहीन, सुस्तश्रवण तथा बहिराका लागि विशेष कक्षा सञ्चालन हुँदै आएको छ ।
  • जिल्ला सदरमुकाममा रहेका बालकल्याण मावि लिवाङ र कृष्ण आधारभूत विद्यालय धारापानीले सो कक्षा सञ्चालन गरेका छन् ।

रोल्पा, ११ चैत , आवश्यक सेवासुविधा उपलब्ध नहुँदा विशेष कक्षा सञ्चालनमा समस्या हुँदै आएको रोल्पाका अपांग विद्यार्थीले गुनासो गरेका छन् ।
यहाँ २०६० सालदेखि दृष्टिविहीन, सुस्तश्रवण तथा बहिराका लागि विशेष कक्षा सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाममा रहेका बालकल्याण मावि लिवाङ र कृष्ण आधारभूत विद्यालय धारापानीले सो कक्षा सञ्चालन गरेका छन् । विशेष कक्षा सञ्चालन गरेको बालकल्याण नमूना माविमा हाल १२ दृष्टिविहीन र १३ सुस्त श्रवणले अध्ययन गरिरहेका छन् । यसैगरी कृष्ण आधारभूत विद्यालय धारापानीमा चार जना सुस्त मनस्थितिका विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

शुरुमा खरिद गरेका सामग्रीबाटै काम चलाउने गरेको बताउँदै स्थानीय तह, सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग नभए कक्षा सञ्चालन गर्न कठिन हुने बताएका छन् । सरकारी स्तरबाट अध्ययन र बासस्थानका लागि प्रतिविद्यार्थी प्रतिमहिना चार हजार र औषधोपचारका लागि एक हजार २०० उपलब्ध हुँदै आएको भए पनि सो रकम अपुग भएको अपांग विद्यार्थीले बताएका छन् ।

कक्षा सञ्चालनका लागि आवश्यक भवन, फर्निचर, शैक्षिक सामग्री, पाठ्यपुस्तकलगायत विद्यार्थीको सेवासुविधामा समेत कमी भएको भन्दै सहयोगका लागि सरोकारवाला निकायसँग आग्रह गरेका हुन् । अपांगता भएका व्यक्तिलाई संगठित गर्दै हकअधिकारको संरक्षण, अध्ययन तथा जीविकोपार्जनमा समेत पहल गर्नुपर्ने माग राखिएको छ ।
अपांगता भएका विद्यार्थीले उचित वातावरणमा अध्ययन गर्न नपाएको दृष्टिविहीन विद्यार्थी चित्रवहादुर डाँगीले गुनासो गर्नुभयो । “अपांग मैत्री कक्षा कोठाको अभावका साथै पाठ्यसामग्री, सहयोगी सामग्री तथा औषधोपचार र खानपानमा समेत समस्या भोग्दै आएका छौँ”, डाँगीले भन्नुभयो । विशेष कक्षाका लागि सरकारी स्तरबाट संवेदनशीलता नदेखाउने हो भने कक्षा नै बन्द गर्नुपर्ने बाध्यता हुन सक्ने विशेष कक्षा शिक्षक लक्ष्मीनारायण आचार्यले बताउनुभयो । “उनीहरुका लागि आवश्यक सुविधा र स्रोत साधनको अभाव छ”, आचार्यले भन्नुभयो । थप दिगो र व्यवस्थित रुपमा कक्षा सञ्चालन गर्न आवश्यक सहयोग गर्न स्रोत शिक्षक आचार्यले आग्रह गर्नुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ
नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ
अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा
अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा
क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग
क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग
तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा
तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा
विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट
विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
‘Dancing Uncle’ Sanjeev Shrivastava leave Salman Khan in splits with his killer moves on ‘Dus Ka Dum’
‘Dancing Uncle’ Sanjeev Shrivastava leave Salman Khan in splits with his killer moves on ‘Dus Ka Dum’
नायरको अष्ट्रेलियन एजुकेसन फेयर असोज २ देखि सुरु
नायरको अष्ट्रेलियन एजुकेसन फेयर असोज २ देखि सुरु
सरकारका दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’
सरकारका दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’