आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्यको कति ?
सारांश
- काठमाडौँ ।
- आज बिहीबार २०७८ सालको अन्तिम दिन रहेको छ ।
- आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
काठमाडौँ । आज बिहीबार २०७८ सालको अन्तिम दिन रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ०३ पैसा र बिक्री दर १३१ रूपैयाँ ६३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री दर १४३ रूपैयाँ ८७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७० पैसा र बिक्री दर १६३ रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया