ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २४, २०७७
|
|
५४ पटक हेरिएको
Shares
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य

सारांश

  • काठमाडौं, २४ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा सत्ता नछाड्ने अडान लिएपछि उनका विरोधी समुह गल्दै गएका छन् ।
  • ओलीले पार्टी विभाजनसम्मको निर्णय लिनसक्ने देखेर त्रसित बनेको विरोधी समुहले अब केही पाइला पछि सारेर भएपनि सहमतिको प्रयास गर्न थालेका छन् ।

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा सत्ता नछाड्ने अडान लिएपछि उनका विरोधी समुह गल्दै गएका छन् । ओलीले पार्टी विभाजनसम्मको निर्णय लिनसक्ने देखेर त्रसित बनेको विरोधी समुहले अब केही पाइला पछि सारेर भएपनि सहमतिको प्रयास गर्न थालेका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पटक पटक ‘वन टु वन’ बसेर कुराकानी गरेपनि सहमति निस्किएन ।लगातारको भेटपछि पनि सहमति ननिस्कँदा नेताहरुले पुरानै सहमतिलाई केही परिमार्जन गरी जाने विषयमा छलफल बढाएका छन् । सर्प पनि मर्ने लठ्ठी पनि नभाँच्चिने विकल्प तयार गर्ने सुत्रबारे छलफल शुरु भएको हो । जसमा एक व्यक्ति एक पदको व्यवहारिक कार्यान्वयन हुनसक्छ । ओली प्रधानमन्त्री कायमै रहने तर पार्टी सञ्चालन प्रचण्डले गर्ने विषयमा छलफल बढेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

कार्यकारी अधिकार मंसिर ४ मै प्रचण्डलाई दिइएको हो । तर, अब सहमति गर्दा पार्टी कमाण्डको पुरै अधिकार उनमा रहने गरी सहमतिको प्रयास गर्न खोजिएको हो ।

उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल नियमित जसो बैठक बसेर सहमतिको विकल्प खोज्न सक्रिय भएको बुझिएको छ । दुवै नेता कुनै हालतमा पार्टी फुट्न दिन नहुने पक्षमा छन् । ओलीलाई तत्काल प्रधानमन्त्रीबाट हटाउन कानुनी जटिलताहरु पनि छन् । उनले राजीनामा दिनेबाहेक हटाउन मुश्किल छ । अविश्वासको प्रस्तावले मात्र ओली हट्न सक्छन् । त्यस्तो अवस्थामा नेकपाभित्र दुर्घटना हुनसक्छ । त्यसैले विरोधी पक्ष दुर्घटना हुन नदिन लागिपरेको छ ।

ओलीले भने पार्टी फुटाउन अध्यादेश ल्याएर भएपनि अगाडि बढ्ने संकेत गरिसकेका छन् । अध्यादेश बाहेकको अवस्थामा नेकपा फुट्ने मार्ग खोलिदैन । यसमा संवैधानिक र कानुनी जटिलता छ । प्रचण्ड या अन्य कुनै नेताले चाहेर पनि नेकपा फुटाउन सक्दैनन् किनभने राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी एकीकरणको पाँच वर्ष पुरा नभई फुटाउन नपाइने उल्लेख छ । नेकपा एकीकरण भएको दुई वर्ष मात्र पुरा भएको छ ।

कुनै हालतमा सत्ता नछाड्ने ओलीको अडानले विरोधी समुह गलेको हुन् कि भन्ने देखिएको छ । त्यसमाथि नेकपाभित्र विशेष प्रभाव बढाएको चीनले सक्रियता देखाएको छ । चिनियाँ राजदुन होउ यान्छीले शिर्ष नेताहरुलाई भेटिसकेकी छिन् । उनले पार्टी फुट्न नदिन जोड दिएको बुझिएको छ ।

नेकपाभित्र अब सहमतिको बढी सम्भावना बढ्दै गएको छ । सहमति नबन्दा यसरी नै यता न उताको अवस्था कायम रहन सक्छ । एक व्यक्ति एक पदको जस्तै अवस्था सृजना गर्ने गरी सहमति निकाल्न खोज्दा पनि कुरा नमिले दुर्घटना नटर्ने उत्तिकै सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
नेपालमा रेलः चीन र भारतको तयारी, कसले पहिले रेल ल्याइदेला!
नेपालमा रेलः चीन र भारतको तयारी, कसले पहिले रेल ल्याइदेला!
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
स्वराजलाई सरकारले दिएको दिवाभोज कमल थापाद्वारा बहिष्कार
स्वराजलाई सरकारले दिएको दिवाभोज कमल थापाद्वारा बहिष्कार
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान
एक सफल कलाकार बन्न चाहन्छु : आश्विनी कोइराला
एक सफल कलाकार बन्न चाहन्छु : आश्विनी कोइराला
चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भो
चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भो
भुटानि प्रधानमन्त्रिले लिए सपथ
भुटानि प्रधानमन्त्रिले लिए सपथ
आठ वर्षपछि हङकङमा गुन्जिदै ‘मंगोलियन हार्ट’
आठ वर्षपछि हङकङमा गुन्जिदै ‘मंगोलियन हार्ट’
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं