स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
सारांश
- काठमाडौं, १६ साउन ।
- स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ ।
- यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन ।
काठमाडौं, १६ साउन । स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ ।
यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ बर्षमा आठ अर्बभन्दा बढी अनियामितता र गैरकानुनी रुपमा खर्च गरेका छन् ।
महालेखाले अनियमिततामा संलग्नलाई कारबाही र हिनामिना गर्ने कर्मचारी तथा स्थानीय तहका पदाधिकारीबाट करिब पौने १ अर्ब रुपैयाँ असुल्न सरकारलाई निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्थानीय तहमा गएको बजेट भ्रष्टाचारमा छानविन भइरहेको जनाएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ganesh Shakya
सबभन्दा पहिल का म पा बाट कार्यबाही सुरु गर्नु पर्छ ।
Hari Kumar Shrestha
यिनिहरू देशद्रोही हो, यिनिहरूलाई झूण्डाएर बढिपावरको करेण्ट लगाएर जिवनलिला समाप्त पारिदिनू पर्छ !