लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ३, २०७७
|
|
३४ पटक हेरिएको
Shares
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा

सारांश

  • सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ।
  • सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरेकी छन्।
  • ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा छ, ‘तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।

सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरेकी छन्।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा छ, ‘तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।’

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपालले अन्तर्रा्िष्ट्रय सीमा सुरक्षा र संरक्षणमा प्रतिबद्ध रहेको जनाउँदै अन्तर्रा्िष्ट्रय सीमा निरीक्षण कार्यलाई निरन्तरता दिने भनिएको छ। ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसँगको सीमा सम्बन्धमा लामो समयदेखि बाँकी रहेका र समय–समयमा उठिरहेका विषयको समाधान गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

सीमासम्बन्धी जानकार एवं तत्कालीन नापी विभागका महानिर्देशक पुण्यप्रसाद ओलीले नक्सामा गुमेको भूमि राखेपछि नेपालले भारतले दाबी गर्ने आधार हुने बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !
पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
महायज्ञबाट रङ्गशालालाई ३५ करोड सङ्कलन
महायज्ञबाट रङ्गशालालाई ३५ करोड सङ्कलन
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
काठमाडौंमा एकै दिन ५१ कोरोना संक्रमित थपिए उपत्यका भयावह बन्दै
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
प्रधानमन्त्री चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जादैं
पूर्व अख्तियार प्रमुख दीप बस्न्यात ५ लाख धरौटीमा रिहा
पूर्व अख्तियार प्रमुख दीप बस्न्यात ५ लाख धरौटीमा रिहा
दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित

तपाईंले छुटाउनुभयो कि?