दुर्गा प्रसाई घरमा नै ‘नजरबन्द’

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०८०
|
|
२३ पटक हेरिएको
Shares
दुर्गा प्रसाई घरमा नै ‘नजरबन्द’

सारांश

  • काठमाडौं ।
  • मेडिकल ब्यावसायी दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन् ।
  • भक्तपुरस्थित घरमा नजरबन्द भए पछि प्रसाई तीनकुनेमा आज ११ बजे देखी गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन ।

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन् । भक्तपुरस्थित घरमा नजरबन्द भए पछि प्रसाई तीनकुनेमा आज ११ बजे देखी गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन । सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको ‘माथिको आदेश’ भन्दै निस्कन दिएकाे छैन ।

प्रचण्ड र ओलीको घरमा घेर्छौः प्रसाई

मेडिकल ब्यावसायी दुर्गा प्रसाईले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् । हिजो देखी ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् ।

‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ प्रसाईले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’ उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईहरु आउनु भएन भने भोली तपाईहरुको धनीपुर्जा पनि हुन्न् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?