दुर्घटनामा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
दुर्घटनामा एकको मृत्यु

सारांश

  • पोखरा, १४ चैत, पोखराबाट नारायणगढतर्पm जाँदै गरेको यात्रुबाहक बस आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी घाइते भएका लमजुङ धमिलीकुवाँका ४० वर्षीय बसका सहचालक सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको कास्की प्रहरीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
  • ना ५ ख ३४१ नं को बस पोखरा लेखनाथ महानगरको तल्लो गगनगौँडास्थित पृथ्वीराजमार्गबाट करिब ५० फिट तल खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका थिए ।

पोखरा, १४ चैत, पोखराबाट नारायणगढतर्पm जाँदै गरेको यात्रुबाहक बस आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका लमजुङ धमिलीकुवाँका ४० वर्षीय बसका सहचालक सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको कास्की प्रहरीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

ना ५ ख ३४१ नं को बस पोखरा लेखनाथ महानगरको तल्लो गगनगौँडास्थित पृथ्वीराजमार्गबाट करिब ५० फिट तल खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका थिए । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट खसेका कारण दुर्घटना भएको थियो । घाइते भएका १३ जना उपचार पश्चात घर फर्केका छन् भने दुई जनाको पश्चिमाञ्चाल अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?