राजधानीमा पर्वतीय फिल्म फेस्टिभलको रौनकता

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२० पटक हेरिएको
Shares
राजधानीमा पर्वतीय फिल्म फेस्टिभलको रौनकता

सारांश

  • १६ औँ काठमाडौँ माउन्टेन फिल्म फेस्टिभल किम्फ शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ ।
  • शुक्रबार फेस्टिभलको उद्घाटन गायिका आनी छोइङ डोल्मा, अष्ट्रेलियन निर्देशक जेनिफर पिडम, पर्वतारोही दावा याङजुम शेर्पा, तबलावादक सरिता मिश्र, पहिलो नेपाली महिला टेम्पो चालक लक्ष्मी शर्माले गरेका थिए ।
  • हरेक वर्ष फेस्टिभलको फरक फरक नारा दिइदै आएको किम्फमा यसपटक वुमन मुभ माउन्टेन नारा दिइएको छ ।

१६ औँ काठमाडौँ माउन्टेन फिल्म फेस्टिभल किम्फ शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ । शुक्रबार फेस्टिभलको उद्घाटन गायिका आनी छोइङ डोल्मा, अष्ट्रेलियन निर्देशक जेनिफर पिडम, पर्वतारोही दावा याङजुम शेर्पा, तबलावादक सरिता मिश्र, पहिलो नेपाली महिला टेम्पो चालक लक्ष्मी शर्माले गरेका थिए । हरेक वर्ष फेस्टिभलको फरक फरक नारा दिइदै आएको किम्फमा यसपटक वुमन मुभ माउन्टेन नारा दिइएको छ ।

महोत्सवमा ७० भन्दा बढि फिल्म प्रदर्शन गरिदैछ । महोत्सवको उद्घाटन अष्ट्रेलियन डकुमेन्ट्री माउन्टेनबाट गरियो । उक्त डकुमेन्ट्रीलाई जेनिफर पिडमले निर्देशन गरेकी हुन् । राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जारी फेस्टिभल मंसीर २५ गते सम्पन्न हुनेछ ।

महोत्सवमा नेपाली ट्राभलर्ससँग मिलेर ‘ट्राभल इज एन एटिच्युड’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुँदैछ। जसमा ३५ वर्षमूनिका युवाहरु सहभागी हुन पाउँनेछन् ।

जुरीले अन्तराष्ट्रिय प्रतिस्पर्धामा रहेका १४ फिल्म र नेपाली पानोरमा अन्तर्गतको २० वटामध्यबाट ३, ३ वटा वृत्तचित्र र कथानक चलचित्र चयन गर्नेछन् ।

अन्तराष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमश १५ सय, एक हजार र पाँच हजार अमेरिकी डलर पुरस्कार दिइनेछ । त्यस्तै नेपाली पानोरामा अन्तर्गतका वृत र कथानक चलचित्र विधामा उत्कृष्ट घोषित हुने दुई फिल्मले क्रमश नेपाली रुपैयाँ एक लाख र पचहत्तर हजार रुपैयाँ पाउनेछन् ।

उत्कृष्ट पर्वतीय फिल्मलाई एक हजार अमेरिकी डलर, उत्कृष्ट साहसिक फिल्मलाई एक हजार अमेरिकी डलर र दर्शक भोटमार्फत उत्कृष्ट ‘अडियन्स अवार्ड’मा परेको फिल्मलाई ५० हजार रुपैयाँ प्रदान गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?