अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड

सारांश

  • काठमाडौं, १७ मंसिर।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावपछि बामपन्थी गठबन्धनले प्रष्ट बहुमत आउने र प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने बताएका छन्।
  • कान्तिपुर दैनिकमा आइतबार प्रकासित दाहालको अन्तर्वार्तामा उनले ठूलो भएको र सख्याको हिसाबले पनि एमालेका अध्यक्ष नै प्रधानमन्त्री बन्ने बताएका छन्।

काठमाडौं, १७ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावपछि बामपन्थी गठबन्धनले प्रष्ट बहुमत आउने र प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने बताएका छन्।

कान्तिपुर दैनिकमा आइतबार प्रकासित दाहालको अन्तर्वार्तामा उनले ठूलो भएको र सख्याको हिसाबले पनि एमालेका अध्यक्ष नै प्रधानमन्त्री बन्ने बताएका छन्। उनले यस विषयमा औपचारिक निर्णय भने भैनसकेको बताए।

‘औपचारिक ढंगले निर्णय गरिनसकेकाले यो कुरा भन्नचाहिं अप्ठेरो हुन्छ तर तपाईंहरूले जसरी सीधा भाषामा सोध्नुभयो । अब ठूलो पार्टी हुनुको नाताले र अहिले संख्यात्मक हिसाबले पनि प्रधानमन्त्री एमालेकै अध्यक्ष हुने प्रबल सम्भावना रहन्छ । हाम्रो बहुमत आउँछ ’ चुनावमा वामपन्थीको बहुमत आयो भने प्रधानमन्त्रीचाहिं को हुने हो ? तपाईं कि केपी ओली ? भन्ने प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘तीनवटै तहको सरकारमा वामपन्थीको बहुमत हुने भयो । स्थानीय तहमा त भई नै सक्यो । अब प्रदेशसभा र प्रतिनिधिसभामा पनि हुन्छ । पहिलो चरणको निर्वाचनको मतको आकलन गर्दा त हामी दुई तिहाइकै नजिकजस्तो छौं । बहुमत भएपछि प्रधानमन्त्री र अरू कुराका बारेमा हामीले मिलाएर गर्ने भनेका छौं ।’

पार्टी एकताको घोषणा गरेको एमाले र माओवादीबीच ६० र ४०को अनुपातमा प्रदेश तथा प्रतिनिधिसभाको सीट बाँडफाँट गरिएको छ। दाहालले पार्टीपछि पदीय बाँडफाँ६ र कार्यकारीको सँग रहेन विषयमा समेत विवाद नहुने बताए ।

‘पार्टी एकता संयोजन समिति गठन गरेर सहमति सार्वजनिक गर्ने बेलामा लिखित रूपमा हामीले यो समितिका दुई प्रमुख नेता भनिएको छ । दुई पार्टीका अध्यक्ष नै यो पार्टी एकताका प्रमुख नेता हुने भनिएको छ ’ दाहालले भनेय, ‘ति भनेपछि अहिले नै को–के हुने भन्ने ‘फाइनल’ त गरेका छैनौं तर पार्टी अध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्रीलगायत थुप्रै कार्यकारी पद हुन्छन्, ती पदमा हामी सजिलै एकअर्कालाई ‘एडजस्ट’ गर्न सक्छौं ।’

 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Pradeep Ghimire

    honi.party president prachanda 2 barsha pachi prachanda p m oli back to mangalmaan

    Comment Author

    Gb Chettri

    पालोत ओलिकै होइनर।

    Comment Author

    Lekh Bhujel

    kp oli vaya ta des le muhar ferne thiyo ki

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?