सरकार विरुद्ध नेविसंघ सडकमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सरकार विरुद्ध नेविसंघ सडकमा

सारांश

  • काठमाडौं।
  • सरकारविरुद्ध आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।
  •   वरिष्ठ चिकित्सक गोविन्द केसीको माग विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सरकारले प्रतिनिधिसभाबाट पारित गरेपछि झनै आक्रोशित भएको नेपाल विद्यार्थी संघले त्यसको विरोधमा आईतबार बिहान काठमाडौंको चावहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो।
काठमाडौं। सरकारविरुद्ध आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। 
वरिष्ठ चिकित्सक गोविन्द केसीको माग विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सरकारले प्रतिनिधिसभाबाट पारित गरेपछि झनै आक्रोशित भएको नेपाल विद्यार्थी संघले त्यसको विरोधमा आईतबार बिहान काठमाडौंको चावहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो। 
त्यस क्रममा उनीहरुले गोविन्द केसीको माग सम्बोधन गर्न तथा निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोजना गरेका थिए। 
गत शुक्रबार नेपाली काँग्रेसको अवरोधका बीच प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि त्यसको विरोध गर्दै नेपाली काँग्रेसमा आवद्ध नेविसंघले सडक संघर्षलाई तीव्रता दिएको हो। 
काँग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय तत्काल लिन पनि सरकारलाई नविसंघले दवाव दिइरहेको छ। सरकारले जनताको मागलाई सुनुवाई नगरेकाले आफूहरु सरकारविरुद्ध आन्दोलनमा जानु परेको नेविसंघको तर्क छ । 
नेविसंघको पशुपति बहुमुखी क्याम्पस ईकाई समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रर्दशनका कारण चावहिल क्षेत्रको सवारी आवागमन समेत केहीवेर अवरुद्ध भएको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अघिल्लो दिन छोराको मृत्यु, पीडा लुकाएर मैदानमा
अघिल्लो दिन छोराको मृत्यु, पीडा लुकाएर मैदानमा
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा
छ महिनामा रु चार करोड राजश्व संकलन
छ महिनामा रु चार करोड राजश्व संकलन
खोप लगाएको कार्डबिना सार्वजनिक स्थानमा प्रवेश निषेध
विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !
विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !
आइतबारको मौसमः तराईमा हुस्सु र हिमालमा हिमपातकाे सम्भावना
आइतबारको मौसमः तराईमा हुस्सु र हिमालमा हिमपातकाे सम्भावना
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो
कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !
कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !
माओवादी केन्द्रको विजय सुरुवात रुकुमबाट !
माओवादी केन्द्रको विजय सुरुवात रुकुमबाट !

तपाईंले छुटाउनुभयो कि?