दुर्घटनामा १७ जना यात्रु घाईते, १ जनाको अवस्था गम्भीर
सारांश
- लहान १४ भदौ ।
- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका- ६ मा बिहीबार बिहान भएको यात्रु बस दुर्घटनामा १७ जना यात्रु घाईते भएका छन्।
- घाईते मध्ये १ जनाको अवस्था गम्भीर छ।
लहान १४ भदौ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका- ६ मा बिहीबार बिहान भएको यात्रु बस दुर्घटनामा १७ जना यात्रु घाईते भएका छन्। घाईते मध्ये १ जनाको अवस्था गम्भीर छ।
पोखराबाट काकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ६९४२ नम्बरको बस बिहान करिब ४ बजे को समयमा आफैं अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका कास्कीको पोखरा महानगरपालिका १९ की ५२ वर्षिया देवरुपा गिरीको ढाडमा चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी भावेश रिमालले बताए।
अधिकांश घाईतेहरू को सप्तरीको कल्याणपुर स्थित एडभान्स सुरक्षा अस्पतालमा उपचार भइरहेको छ।बसका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया