काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने

सारांश

  • काठमाडौं ३ माघ ।
  • प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
  • सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि पुराने ठेकेदारलाई ल्याउने प्रयासमा छ ।

काठमाडौं ३ माघ । प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि पुराने ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि पुरानै ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि चालू आवभित्रै काठमाडौंमा मेलम्चीको पानी आउनेमा भने आशंका छ ।

मेलम्ची खानेपानी विकास समितिले चालू आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न तत्काल विशेष परिस्थितिमा जाने निर्यर्ण गर्नु पर्ने बताएको छ र अन्तर्राष्ट्रिय बोलपत्र गर्दा आह्वान गर्दा आयोजनाको काम सम्पन्न गर्न दुईदेखि ती वर्षसम्म लाग्ने अनुमान गरिएको छ ।

तत्काल काम सुरु गर्ने हो भने बाँकी काम सहायक ठेकदार कम्पनीमार्फत् गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनको दफा ६६ तथा सार्वजनिक खरिद नियमावलीको दफा १४५ अनुसार विशेष परिस्थितिको अवस्था जनाई खरिद प्रक्रिया अगाडि बढाउनृ निर्णय गर्नु पर्ने हुन्छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?