३३ किलाे सुन प्रकरण: ‘गोरे’का सहयोगी राम तिवारी लाई मोरङ बुझाईयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
४६ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण: ‘गोरे’का सहयोगी राम तिवारी लाई मोरङ बुझाईयो

सारांश

  • काठमाडाै, ६ असार ।
  •   सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्तमध्ये एक चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारीको पनि सुन तस्करीमा संलग्नता रहेको खुलेको छ।
  • तिवारीलाई पनि संगठित अपराध मुद्दा चलाउन सरकारले गठन गरेको बिशेष अनुसन्धान टोलीले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ।

काठमाडाै, ६ असार ।  सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्तमध्ये एक चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारीको पनि सुन तस्करीमा संलग्नता रहेको खुलेको छ।

तिवारीलाई पनि संगठित अपराध मुद्दा चलाउन सरकारले गठन गरेको बिशेष अनुसन्धान टोलीले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ।

तिवारीलाई २ साताअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो। कोरियाबाट फर्कने क्रममा उनी पक्राउ परेका थिए।

अनुसन्धानको क्रममा उप्रेतीको सुन तस्करी गिरोहमा तिवारी पनि आबद्ध देखिएपछि उनलाई पनि प्रतिवादी बनाउने निर्णय भएको टोलका एक सदस्यले बताए।

डिएसपी प्रजित केसी र उप्रेतीबीच भएको टेलिफोन कुराकानीमा उप्रेतीले तिवारीसँग भेट्न आग्रह गरेका छन्। तर, केसीले आफुले तिवारीलाई नचिनेको जवाफ दिएका छन्।

तिवारी कानुन व्यवसायी पनि हुन्। उनी बिचौलिया रहेको र उप्रेतीलाई प्रहरीदेखि अदालतसम्म मान्छेहरुले चिनाउने काम तिवारीले गरेको अनुसन्धानमा खुलेको छ।
उप्रेतीको एउटा घर केही महिनाअति तिवारीले खरिद गरेको समेत खुलेको छ।

तिवारीसहित हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा ६ जना छन्। सुन तस्करी र हुन्डी कारोबारको आरोपमा बिनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवालमाथि संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ। त्यस्तै गिरोहका नाइकेमध्ये एक भुजुङ गुरुङका सहयोगी लक्षु गुरुङलाई पनि हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तस्करीमा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेको अनुसन्धान टोलीले जनाएको छ।

गत माघ ९ गते विमानस्थलबाट कर्मचारीको मिलेतोमा तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सो सुन लुटेको आशंकामा गिरोहमै आबद्ध सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो।

सो हत्या घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको उजुरीका आधारमा छानबनि गर्दा विमास्थलबाट ६ वर्षदेखि एयरलाइन्सका कर्मचारीहरुसँगको मिलेमतोमा सुन तस्करी हुँदै आएको खुलेको छ।

तस्करीमा सहयोग गरेको र सनम शाक्य हत्याको अनुसन्धानमा उप्रेतीलाई जोगाएको आरोपमा ९ प्रहरीविरुद्ध समेत मुद्दा दायर गरिएको छ। जसमध्ये ७ जना प्रहरी अधिकारी हाल पुर्पक्षका लागि जेलमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक  ‘भिडियो हेर्नुहोस्’
गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक ‘भिडियो हेर्नुहोस्’
पराजुलीको ‘डोल्पो’ विमोचित
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध
कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध
निगमले सुरु गर्यो मेघौली र सुकेटारमा  उडान
निगमले सुरु गर्यो मेघौली र सुकेटारमा उडान
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाए
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत पाए
प्रहरी अस्पतालमा छ हजार सर्वसाधारणको उपचार
प्रहरी अस्पतालमा छ हजार सर्वसाधारणको उपचार
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता