गरिमा विकास बैंकको लाभांश घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
गरिमा विकास बैंकको लाभांश घोषणा

सारांश

  • काठमाडौ ।
  • गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ ।
  • कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

काठमाडौ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८र७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १।५० प्रतिशत नगद लाभांश गरि कुल १४।५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८र७९ को संचित मुनाफा तथा शेयर प्रिमियम समेतबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ रुपैयाँको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १।५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार बराबरको नगद गरि कुल १४।५० प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    www.binance.com registrera dig

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?