नयाँ वर्षदेखि तातोपानी नाका खुल्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
४१ पटक हेरिएको
Shares
नयाँ वर्षदेखि तातोपानी नाका खुल्दै

सारांश

  • काठमाडौं ।
  • भूइँचालोपछि चीनसँगको प्रमुख नाका बनेको तातोपानी नाका बन्द छ ।
  • पुननिर्माणको काम हुँदै गरेको तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ ।

काठमाडौं । भूइँचालोपछि चीनसँगको प्रमुख नाका बनेको तातोपानी नाका बन्द छ । पुननिर्माणको काम हुँदै गरेको तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ ।

तातोपानी भन्सार नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी नयाँ वर्षमा नाका सञ्चालन हुनेगरी काम भैरहेको बताइएको छ ।

आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने बताइएको छ । मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको छ ।

काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा रहेको तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधार निर्माणमा तीव्र गतिमा काम गरिरहेको छ ।

चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?