आज महानवमी, शक्तिपीठमा दर्शनार्थीको घुँइचो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
३२ पटक हेरिएको
Shares
आज महानवमी, शक्तिपीठमा दर्शनार्थीको घुँइचो

सारांश

  • बडा दशैंको आज महानवमी, विभिन्न शक्तिपीठमा पुगेर दर्शनार्थीले हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गर्दैछन् ।
  • आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
  • दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

बडा दशैंको आज महानवमी, विभिन्न शक्तिपीठमा पुगेर दर्शनार्थीले हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गर्दैछन् ।

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।

हनुमानढोका दरबार परिसर भित्र हेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपातकाे सम्भावना
आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपातकाे सम्भावना
बाबुराम भट्टराईलाई छोडेकी करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
आसमा बित्यो तीन वर्ष, अझै कति…
आसमा बित्यो तीन वर्ष, अझै कति…
अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु
अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु
कोरियाले कामदारको कोटा बढायो
शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी
शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी
युक्रेनी खुफिया एजेन्सी प्रमुखकी पत्नीलाई झुक्याएर विष खुवाइयो
युक्रेनी खुफिया एजेन्सी प्रमुखकी पत्नीलाई झुक्याएर विष खुवाइयो
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे