जनकपुर पुगेका योगी आदित्यनाथले लेखे यस्तो पत्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
जनकपुर पुगेका  योगी आदित्यनाथले लेखे यस्तो पत्र

सारांश

  • काठमाडौं ।
  • विवाह पञ्चमकी आवसरमा भारतबाट जन्तीका रुपमा नेपालको जनकपुर आएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर पुगेपछि एक पत्र लेखेर राम र जानकीको बिहेको जन्ती हुन पाउँदा खुसी लागेको बताएका छन् ।
  • उनले पत्रमा जनकपुरमा पुजाआजा गर्न पाउँदा खुसी लागेको भन्दै राजा जनकको राजधानीमा आउँदा छुट्टै आनन्द आएको बताएका छन् ।

काठमाडौं । विवाह पञ्चमकी आवसरमा भारतबाट जन्तीका रुपमा नेपालको जनकपुर आएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर पुगेपछि एक पत्र लेखेर राम र जानकीको बिहेको जन्ती हुन पाउँदा खुसी लागेको बताएका छन् ।

उनले पत्रमा जनकपुरमा पुजाआजा गर्न पाउँदा खुसी लागेको भन्दै राजा जनकको राजधानीमा आउँदा छुट्टै आनन्द आएको बताएका छन् । उनले यो अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै बिहे पञ्चमीले दुई देशको धार्मिक तथा सांस्कृतिक महत्व बढाएको टिप्पणी गरेका छन् ।


उनले सीताको जीवन भारत र नेपालको सांस्कृतिको अभिन्न अंग भएको बताएका छन् । हरेक वर्ष विवाह पञ्चमीमा भारतबाट जन्ती सीताको माइती जनकपुर आउने प्रचलन रहेको छ ।
यसअघि यो अवसरमा भारतीय प्रधानमन्त्री आउने बताइए पनि भारतको आन्तरिक कारणले उनको नेपाल भ्रमण स्थगित भएपछि मुख्यमन्त्री आदित्यनाथ जनकपुर आएका हुन् ।

(https://elitetrainingcenter.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?