ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

सारांश

  • सल्यान, २८ फागुन,सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
  • शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो ।
  • दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यान, २८ फागुन,सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकोमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको छ । दुर्घटनाको विषयमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?