युएईमा दुई नेपालीमा कोरोना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
५३ पटक हेरिएको
Shares
युएईमा दुई नेपालीमा कोरोना

सारांश

  • काठमाडौँ, २७ फागुन ।
  • संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीमा कोरोना (कोभिड–१९) पुष्टि भएको छ ।
  • सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, २७ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीमा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । ‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ,’ ढकालले नयाँ पत्रिकासँग टेलिफोनमा भने । युएईले नेपाललाई औपचारिक जानकारी भने दिएको छैन । सोमबार कोरोना पुष्टि हुने अन्यमा युएईकै चार, इटालीका तीन, बंगलादेशका दुई तथा रसिया, भारत र सिरियाका एक–एक नागरिक छन् । आइतबार अस्ट्रेलियामा पनि एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भएको जानकारी आएको अस्ट्रेलियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख दुर्पदा सापकोटाले बताइन् । संक्रमित व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगरिदिन आग्रह गरेको पनि उनले बताइन् ।

‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ । त्यस्तै, स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण अर्थात् पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ९पिपिई०को विश्वव्यापी अभाव भएको छ । नेपालजस्ता विकासोन्मुख देशमा यसको बढी समस्या परेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाआतंकसँगै उपकरण लुकाउने तथा दुरुपयोग गर्ने क्रम बढ्दा पिपिई आपूर्तिमा विश्वव्यापी समस्या देखिएको जनाएको छ । अत्यावश्यक उपकरणको बढ्दो अवरोधले नयाँ कोरोना भाइरस र अन्य संक्रामक रोगहरूले ज्यान जोखिममा पु(याउन सक्नेसमेत डब्ल्युएचओले जनाएको छ । डब्ल्युएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयसस भन्छन्, ‘सुरक्षित आपूर्ति्विना विश्वभरिका स्वास्थ्यकर्मीहरूका लागि जोखिम वास्तविक छ ।’

स्वास्थ्यकर्मीहरू आफू र आफ्ना बिरामीबाट अरूलाई संक्रमण नहोस् भनेर व्यक्तिगत सुरक्षा उपकरणहरूमा भर पर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ रोक्ने पहिलो प्राथमिकता स्वास्थ्यकर्मीको सुरक्षा नै हो । स्वास्थ्यकर्मीहरू आफ्नो सुरक्षाविना कोभिड रोक्न सक्दैनन् । तर, नेपालसँग एक हजारको संख्यामा मात्रै पिपिई रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । सरकारले थप पिपिई खोजिरहेको भए पनि विश्वव्यापी रूपमा भएको अभावका कारण पाउने सम्भावना न्यून छ । डब्ल्युएचओले पिपिईको बढ्दो विश्वप्यापी माग पूरा गर्न उद्योग र सरकारलाई पिपिई उत्पादन ४० प्रतिशत बढाउन आह्वान गरेको छ । डब्ल्युएचओले अहिलेसम्म नेपालसहित ४७ देशमा निजी सुरक्षा उपकरण पठाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले पिपिई हालसम्म भने पर्याप्त रहेको बताइन् । त्यस्तै, आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षणका लागि १५ सय टेस्ट किट मौज्दात राखेको छ । दुई हजार किट खरिद गरेकोमा १५ सय बाँकी रहेको हो । तर, स्वास्थ्य मन्त्रायले कति मौज्दात चाहिन्छ भनेर सोधेकोसम्म छैन । झाका अनुसार एकैपटक धेरैको परीक्षण गरेको अवस्थामा किट कम खर्च हुन्छ । (नयाँ पत्रिकाबाट)

(http://rxreviewz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
कर्णाली प्रदेशले बनायो उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति
जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड
जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड
एक वर्षमा १२७ जना चेलीको उद्धार, १४ जना संरक्षणमा
एक वर्षमा १२७ जना चेलीको उद्धार, १४ जना संरक्षणमा
अर्गानिक गाउँको रुपमा परिचित हुँदै मैदी गाउँ
अर्गानिक गाउँको रुपमा परिचित हुँदै मैदी गाउँ
जन्ती बस दुर्घटनामा दुईको मृत्यु
जन्ती बस दुर्घटनामा दुईको मृत्यु
कांग्रेसको बलियो पक्ष भनेको  प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कांग्रेसको बलियो पक्ष भनेको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग
पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात
पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल
इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल