दुवै चुनाव एकैपटक गर्ने तयारी;,

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
दुवै चुनाव एकैपटक गर्ने तयारी;,

सारांश

  • संघीय संसद् र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने गरी सरकार अघि बढ्न लागेको खबरलाई पत्रपत्रिकाहरुले अाज महत्त्वका साथ छापेका छन् ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा चौथोपटक भारत भ्रमण गर्न लागेकोदेखि कतार संकटले नेपालमा पारेको असरसम्मका खबर आजका पत्रपत्रिकामा छन् ।
  • भ्रष्टाचार, बेथिति र ढिलासुस्तीका विषयमाथि आज पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।

संघीय संसद् र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने गरी सरकार अघि बढ्न लागेको खबरलाई पत्रपत्रिकाहरुले अाज महत्त्वका साथ छापेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा चौथोपटक भारत भ्रमण गर्न लागेकोदेखि कतार संकटले नेपालमा पारेको असरसम्मका खबर आजका पत्रपत्रिकामा छन् । भ्रष्टाचार, बेथिति र ढिलासुस्तीका विषयमाथि आज पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।

कतार संकटले नेपालीमा पारेको असरबारे अन्नपूर्ण पोस्ट दैनिकले आज चिरफार गरेको छ । प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको निर्वाचन आफ्नो पक्षमा पार्न मुख्य दलले बनाएको रणनीतिबारेको अर्को एक सामग्री पनि अन्नपूर्णले छापेको छ ।

संघीय संसद् र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने तयारी सरकारले गरेको कान्तिपुरले लेखेको छ । अस्थायी शिक्षक परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाबदेखि छोरी जन्मेपछि घर निकाला सम्मका खबर कान्तिपुरको पहिलो पृष्ठमा अटाएको छ ।

नागरिक दैनिकले ‘दलितमाथि विभेदै विभेद’ शीर्षक दिएर मुख्य खबर लेखेको छ भने नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको भारत भ्रमणलगायत विषयलाई आज पहिलो पृष्ठमा स्थान दिएको छ ।
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?