श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
सारांश
- मोरङ ।
- विराटनगरमा जारी साफ च्याम्पियनसिपको सेमिफाईनलमा श्रीलंकालाई ४ गोल अन्तरले हराउँदै नेपाल विजयी भएको छ।
- यो सँगै नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ।
मोरङ । विराटनगरमा जारी साफ च्याम्पियनसिपको सेमिफाईनलमा श्रीलंकालाई ४ गोल अन्तरले हराउँदै नेपाल विजयी भएको छ। यो सँगै नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ।
खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन्।
त्यस्तै दोस्रो हाफको ७२ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। नेपालका लागि अनिता बस्नेतले दोस्रो गोल गरेकी थिइन्।
त्यस्तै अनिता बस्नेतको पासमा सावित्रा भण्डारीले ८१औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरेकी थिइन् भने ८६औँ मिनेटमा नेपालका लागि रेखा पौडेलले अनिता बस्नेतकै पासमा चौथो गोल हानेकी थिईन्।
आज सेमिफाईनलमा प्रवेश गरेको नेपाल अब उपाधिका लागि बंगलादेश र भारतबीच विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया