मकालु एयरको विमान दुर्घटना, चालक दलका सदस्यको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मकालु एयरको विमान दुर्घटना, चालक दलका सदस्यको मृत्यु

सारांश

  • काठमाडाै, २ जेठ ।
  • सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लामा  दुर्घटनाग्रस्त रुपमा फेला परेको छ ।
  • हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटनाग्रस्त रुपमा फेला परेको हाे ।

काठमाडाै, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लामा  दुर्घटनाग्रस्त रुपमा फेला परेको छ ।

हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटनाग्रस्त रुपमा फेला परेको हाे । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दिएको जानकारी अनुसार माउण्टेन हेलिकप्टरको दुई वटा हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ ।

नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । ६ः५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।

दुर्घटनामा चालक दलका सदस्य किरण भट्टराइ र अादित्य नेपालीकाे मृत्यु भएको  बताइएकाे छ ।

यसअघि विमान भेटिएको सूचना गलत  : महाप्रबन्धक
यसअघि सम्पर्कविहीन जहाज बाजुरामा भेटिएको भन्ने सूचना गलत रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका छन् । उनले भने ‘नेपाल नागरिक उड्ययन प्राधिकरणका स्थानीय स्रोतबाट जहाज बाजुरामा भटिएको भन्ने प्राप्त सूचना गलत रहेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’
ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
डाबोसबाट प्रधानमन्त्री ओली फर्किए, गोविन्द केसीको नामै लिन चाहेनन्
डाबोसबाट प्रधानमन्त्री ओली फर्किए, गोविन्द केसीको नामै लिन चाहेनन्
अदालतको अवहेलना कि मिडिया ट्रायल ?  (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
अदालतको अवहेलना कि मिडिया ट्रायल ? (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
विराज भट्टको फिल्मलाई १० लाख दिएको भन्दै गाउँपालिका अध्यक्षसँग स्थानीय आक्रोशित
विराज भट्टको फिल्मलाई १० लाख दिएको भन्दै गाउँपालिका अध्यक्षसँग स्थानीय आक्रोशित
मुसहर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
मुसहर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
सरकारले देशलाई थितिमा हिडाउन खोजेको छ : प्रधानमन्त्री ओली
सरकारले देशलाई थितिमा हिडाउन खोजेको छ : प्रधानमन्त्री ओली
छोरीको नाममा ५ वटा विरुवा रोप्नुस्, गाउँपालिकाबाट २५ हजार लिनुस्
छोरीको नाममा ५ वटा विरुवा रोप्नुस्, गाउँपालिकाबाट २५ हजार लिनुस्
बौद्धनाथ परिसरमा शेर्पा संघको रक्तदान
बौद्धनाथ परिसरमा शेर्पा संघको रक्तदान