नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जमा दुर्घटनाग्रस्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १५, २०७६
|
|
४६ पटक हेरिएको
Shares
नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जमा दुर्घटनाग्रस्त

सारांश

  • काठमाडाैं।
  • नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएको छ।
  • कोरोना संक्रमणको उपचार लागि आवश्यक पर्ने सामाग्री ल्याएर काठमाडौबाट आएको नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह अवतरणकाक्रममा उछिट्टएर एरपार्टको रनवे भन्दा बाहिर गएको हो।

काठमाडाैं। नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएको छ।

कोरोना संक्रमणको उपचार लागि आवश्यक पर्ने सामाग्री ल्याएर काठमाडौबाट आएको नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह अवतरणकाक्रममा उछिट्टएर एरपार्टको रनवे भन्दा बाहिर गएको हो।

जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

नाइन एन एकेयु कलसाइन भएको उक्त विमान अवतरणको क्रममा धवनमार्गबाट केही मिटर पर उछिट्टिएको थियो।

विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको र विमानमा रहेका चालक दल लगायत पाँच जनाको तत्काल उद्धार गरिएको ठाकुरले बताए।

विमानमा सवारलाई केही नभए पनि विमानको बाहीरी भागमा सामान्य क्षति पुगेको नेपालगञ्ज विमानस्थलले जनाएको छ।

कोरोनाभाइरस नियन्त्रणका गर्नका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर उक्त विमान नेपालगन्ज आएको बताइएको छ।

उक्त विमानमा कोरोना परिक्षणका लागि नेपालगञ्जबाट स्वाब पठाउने योजना पनि रहेको बताईएको छ।

विमानले भुईँ छुनु भदा अघि नै उछिट्टएर रनवेभन्दा ४०, ४५ मिटर पर विमानस्थलको दक्षिण तर्फको घाँसे मैदानमा गएको बताईएको छ।

जहाजमा दुई जना पाईलट, एकजना एअर होस्टेज र दुईजना डक्टर सवार रहेको विमानस्थलका प्रमुख ठाकुरले जानकारी जानकारी दिए।

कोरोनाभाइरस सङ्क्रमणका लागि भन्दै देशभर बन्दाबन्दी गरिएपछि घरेलु र अन्तर्राष्ट्रिय दुवैखाले उडानहरू पनि बन्द गरिएका छन्।

तर नेपाल वायु सेवा निगमका जहाजहरू कोरोनाभाइरस सङक्रमण सम्बन्धी कामका लागि उडान गर्ने गरिएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने
काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने
रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गरिने
रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गरिने
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ
नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
आमा-छोराको यौन सम्पर्कको भिडियो खिच्ने यि वडा सदस्य !
आमा-छोराको यौन सम्पर्कको भिडियो खिच्ने यि वडा सदस्य !
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
दुई अध्यक्षका कारण नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित
दुई अध्यक्षका कारण नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा एकको मृत्यु