सहि समय अनि सहि मान्छे को पर्खाईमा – सिड खरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०७४
|
|
१५ पटक हेरिएको
Shares
सहि समय अनि सहि मान्छे को पर्खाईमा – सिड खरेल

सारांश

  • सिड खरेल झापा बाट केही सपना बोकेर काठमाडौं आए र ओस्कार कालेजमा ब्याच्लरमा फिल्म पढे ।
  • बिगत चार बर्षदेखी Los Angeles मा बस्दै आएका सिडले एउटा शर्टफिल्बनाएका छन् ‘सिंहदर्बार’ जसलाई फेस्टिभलमा पठाको जानकारी गराएका छन् भने, अर्को शर्ट फिल्म ‘ the Act‘ बिभिन्न फिल्म फेस्टिभल मा चुनिएको छ ।
  • ‘लप्पन छप्पन’ उन्को पहिलो फिल्म थियो र अहिले अर्को फिल्म साइन गरिसकेका छन् ।

सिड खरेल झापा बाट केही सपना बोकेर काठमाडौं आए र ओस्कार कालेजमा ब्याच्लरमा फिल्म पढे । बिगत चार बर्षदेखी Los Angeles मा बस्दै आएका सिडले एउटा शर्टफिल्बनाएका छन् ‘सिंहदर्बार’ जसलाई फेस्टिभलमा पठाको जानकारी गराएका छन् भने, अर्को शर्ट फिल्म ‘ the Act‘ बिभिन्न फिल्म फेस्टिभल मा चुनिएको छ । ‘लप्पन छप्पन’ उन्को पहिलो फिल्म थियो र अहिले अर्को फिल्म साइन गरिसकेका छन् । ‘लप्पन छप्पन’ फिल्मबाट एन.एफ.डि.सि एवार्ड मा बेस्ट डेब्युट Actor मा मनोनित पनि भएका छन् । शिखर न्युजका  लागि अमृता खनाल  ले गरेको कुराकानी ।

कति भयो यो क्षेत्र मा लाग्नुभाको ?
+२ म्यानेज्मेन्टमा सक्काएपछी फिल्म सम्बन्धीको आध्ययनमा ब्याच्लर गरे । त्यसपछि फिल्ममा काम गर्न सुरू गरेको चाहिँ ‘लप्पन छप्पन’ बाट नै हो । करिब एक बर्ष भयो ।
के काम गर्दा तपाइलाई एकदम रमाइलो लाग्छ ?
आर्ट सम्बन्धी कुनै पनि काम गर्दा मलाई एकदमै आनन्द आउँछ ।
गाह्रो कुरा चै के हुन्छ :स्ट्यान्डर्ड प्रोडक्ट दिन या रेगुलर हुन ?
पक्कैपनि अलिकति नयॉ अनि एक लेवल को काम गर्दा गाह्रो त हुन्छ नै,  तर आर्ट सम्बन्धी कुनै पनि काम गर्न तेति सजिलो चहिँ छैन जस्तो लाग्छ मलाई ।
कहिले काही अल्छि लाग्छ नि काम देखी दिक्क पनि लाग्छ होला, त्यो बेलामा फ्रेश हुन के गर्नुहुन्छ ?
त्यस्तो बेलामा साथीभाई आथवा फ्यामिलीसंग कुनै नयाँ ठाउँ घूम्ने जाने गरेको छू ।

फाइनान्सिअल कुराले केही फरक पार्छ आर्ट फिल्ड लाई ? फैनन्सिअल कुराहरुले गर्दा कत्तिको कम्पर्माइज गर्नुपर्याछ ? फिल्म मेकरको हिसाबले हेर्दा ।

कुनैपनि प्रोजेक्ट सुरू गर्नुआघि प्री-प्रोडक्सनको काम गरिन्छ त्यतिबेलानै लगभग थाहा भाईसक्या हुन्छ, त्यसैले त्यस्तो फरक पार्छ जस्तो लग्दैन मलाई ! तर होमवर्क चहिँ जरुरी  छ ।

धेरै फिल्म मेकर हरु ले गर्ने एउटा गल्ती चाँही के हो जस्तो लाग्छ तपाईंलाई ?

कुनै पनि प्रोजेक्टमा कामगर्न सुरू गरिसकेपछि दिनरात त्यसमै ब्यस्त भाईन्छ । त्यसैले महिनौ सम्म फ्यामिलीलाई समय दिन सकिन्न,  सायद त्योनै होला गल्ती,  जती ब्यास्त भएपनि फ्यामिलीलाई समय दिनु जरुरि छ, जस्तो लाग्छ।

हामी सबै ले देखेको कुरा के छ भने ओरिजिनल कथा देख्न पाइदैन । एउटा ले अर्का को कथा कपी गर्ने चलन छ । तपाईं यो कुरा बाट टाढा बस्न के गर्नुहुन्छ ?

जानी-जानी सायद कसैले पनि सेमस्टोरी कपि गर्छन् जस्तो चाहिँ लाग्दैन मलाई, काम गर्दै जाँदा सायद कतिपय प्लटहरू मिल्न गएको हुनसक्छ,  म पनि सकेसम्म यसबाट टाडै बस्नचाहनछु, त्यस्कालागी धेरै रीसर्चहरू गरिन्छ र धेरै फिल्महरू हेर्ने गरेको छू  ।

यस्तो ह्यन्ड्सम् हुनुहुन्छ, कोही हुनुहुन्छ कि हुनुहुन्न तपाईं को लाईफ मा ?( गल्फ्रेन्ड)

भनिन्छ नि,  मान्छेको मन र आँखा राम्रो छ भने सबै राम्रोनै देखिन्छ, एनिवएे थ्याँक्स फर योर कम्प्लिमेन्ट अहिले सम्म सिंगल नै छु, सहि समय अनि सहि मान्छे को पर्खाईमा!!!

यो क्षेत्र मा आउन चाहने हरु लाई के सुझाब दिनुहुन्छ ?

आर्ट  मननपराउने सायदै कोहि होलान् !!! तर यो क्षेत्रमात्रै नभई, कुनै पनि क्षेत्रमा प्रबेश गर्नुअघी त्यस क्षेत्रको बारेमा सम्पूर्ण कुराहरू बुजेर आथवा त्यस सम्बन्धी अध्ययन गरेर प्रबेश गर्नु नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?