कलङ्की–धोबीखोला सडक विस्तार काम तत्काल शुरु नहुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
कलङ्की–धोबीखोला सडक विस्तार काम तत्काल शुरु नहुने

सारांश

  • काठमाडौँ, २८ फागुन : चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ ।
  • नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल शुरु नहुने देखिएको हो ।
  • चिनियाँ टोली यही महिना आउने तयारी भए पनि रोगका कारण तत्काल आउने नदेखिएको सडक विभागले जनाएको छ ।

काठमाडौँ, २८ फागुन : चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ ।

नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल शुरु नहुने देखिएको हो । चिनियाँ टोली यही महिना आउने तयारी भए पनि रोगका कारण तत्काल आउने नदेखिएको सडक विभागले जनाएको छ ।

चक्रपथको कोटेश्वर–कलङ्की खण्ड निर्माण गरेको चीन सरकारले नै कलङ्की–धोबीखोला निर्माणका लागि विस्तृत अध्ययन गरेको थियो । पहिलो खण्डमा निर्माण शुरु हुँदा पनि सडकमा रहेका संरचना नहटेका कारण यो खण्डमा पहिले संरचना हटाउने गरी सहमति भएको थियो । झण्डै सबैतिर निर्माणस्थल खाली भइसकेको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । महाराजगञ्ज क्षेत्रमा केही घरहरु हटाउन बाँकी भए पनि अरु स्थानमा सडकको अधिकार क्षेत्रमा रहेका बिजुललीका खम्बा, टेलिफोनको खम्बा, खानेपानीको पाइप, ढल, रुखलगायत हटाइएको छ । उनले भने, “हामीले आवश्यक तयारी गरिसकेका छौँ चिनियाँ टोली आउन नसक्ने हुँदा काम शुरु नहुने देखिएको छ ।”

निर्माणस्थल खाली गरेर आगामी महिनासम्म निर्माणका लागि हस्तान्तरण गर्ने सरकारको योजना थियो । सो सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।

कोटेश्वर–कलङ्की सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने डिजाइनमा उल्लेख छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी
कडा सुरक्षा व्यवस्थाबीच बङ्गलादेशमा मतदान जारी
कांग्रेस नेता केसीले दिए चर्को चेतावनी
निषेधाज्ञापछि पनि कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनसन
निषेधाज्ञापछि पनि कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले अनसन
बारा १ मा काँग्रेसको अग्रता तोडियो, एमालेका उम्मेदवार ६ सय ७८ ले अघि
बारा १ मा काँग्रेसको अग्रता तोडियो, एमालेका उम्मेदवार ६ सय ७८ ले अघि
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
सिके राउत र सरकारबीचको सम्झौतामा को को खनिए संसदमा ?
राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण
राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण
आजको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
आजको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
ज्ञानेन्द्रका कर्म र गिरिजाको आँटले शान्ति प्रक्रिया सम्भव : प्रचण्ड