चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग

सारांश

  • काठमाडौँ, ४ असोज  ः निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठ पर्वका अवसरमा सार्वजनिकरूपमा चियापान तथा भोजभतेरका कार्यक्रम आयोजना नगर्न राजनीतिक दल र दलसँग सम्बन्धित संघसंस्थासँग आग्रह गरेको छ ।
  • हिन्दूको महान् चाड निकट आइरहेका सन्दर्भमा राजनीतिक दल तथा दलसँग सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउनसक्ने जनाउँदै आयोगले त्यसप्रकारका गतिविधि नगर्न आग्रह गरेको हो ।
  • आयोगको निर्णयमा भनिएको छ– “मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको सिलसिलामा आचारसंहिता लागू भइरहेको छ, विजयादशमी, दीपावली तथा छठजस्ता चाडको उपलक्ष्यमा राजनीतिक दल तथा राजनीतिक दल सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?