ऊर्जा सचिव उपाध्यायले किन दिए राजीनामा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०७५
|
|
५६ पटक हेरिएको
Shares
ऊर्जा सचिव उपाध्यायले किन दिए राजीनामा ?

सारांश

  • काठमाडौं,२० मंसिर ।
  • अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् ।
  • उनले आगामी फागुनमा अवकास पाउँदै थिए ।

काठमाडौं,२० मंसिर । अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । उनले आगामी फागुनमा अवकास पाउँदै थिए । उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ । सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया सुरु गरिसकेको छ ।उपाध्याय लामो समयदेखि ऊर्जा मन्त्रालयमा सचिव थिए । लोडसेडिङ हटाउने अभियानमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो । उनी सञ्चालक समितिको अध्यक्षमा रुपमा रहेर प्राधिकरणलाई नाफामा लैजान र उचित तबरले व्यवस्थापन गर्न सफल भएका थिए ।

ऊर्जा क्षेत्रका जानकार सचिव उपाध्याय पहिलो पटक गठन हुन लागेको नियमन आयोगमा जान इच्छुक छन् । आयोग गठनका लागि ऊर्जा मन्त्रालयका अर्का सचिव सञ्जय शर्माको नेतृत्वमा समिति बनाइएको छ । समितिले कात्तिक ३० गते २१ दिनको समय सीमा राखेर आयोगमा अध्यक्षसहित ४ जना पदाधिकारीका लागि दरखास्त आह्वान गरेको छ । समग्र विद्युत क्षेत्रको नियनमनका लागि शक्तिशाली आयोग गठन गर्न खुला प्रतिस्पर्धा आह्वान गरिएको छ । आयोगमा नियुक्तिका लागि दरखास्त बुझाउने आज बिहीबार अन्तिम मिति हो । ऊर्जासचिव उपाध्यायको राजीनामा मन्त्रिपरिषदबाट पनि स्वीकृत भएको ऊर्जा मन्त्रालय स्रोतले बतायो । उपाध्यायसँगै अर्का पूर्व ऊर्जा सचिव सुमन शर्मा र विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसाललाई आयोगको अध्यक्षका सशक्त दावेदारका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
डा.गोविन्द केसीका कारण आधा घण्टा संसद अवरुद्ध
डा.गोविन्द केसीका कारण आधा घण्टा संसद अवरुद्ध
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
ठेकेदारले ठेक्का बहिष्कार गरेपछि…
ठेकेदारले ठेक्का बहिष्कार गरेपछि…
काठमाडौँका नगरपालिकामा काँग्रेसको अग्रता
काठमाडौँका नगरपालिकामा काँग्रेसको अग्रता
श्रम स्वीकृति अनलाइनबाटै
श्रम स्वीकृति अनलाइनबाटै
मेडिकल पढ्न जाँदा नेपालको २२ अर्ब विदेश गयो
मेडिकल पढ्न जाँदा नेपालको २२ अर्ब विदेश गयो
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा