चीन सक्रिय : चिनियाँ उपमन्त्रीसँग प्रचण्डको भेटवार्ता, के भयो वार्तामा ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
४० पटक हेरिएको
Shares
चीन सक्रिय : चिनियाँ उपमन्त्रीसँग प्रचण्डको भेटवार्ता, के भयो वार्तामा ?

सारांश

  • काठमाडौं, ८ फागुन ।
  • चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले नेपालको एकीकृत कम्युनिष्ट पार्टी र नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मंगलबार भेटी त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

काठमाडौं, ८ फागुन । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले नेपालको एकीकृत कम्युनिष्ट पार्टी र नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मंगलबार भेटी त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

चिनियाँ उपमन्त्री येझाऊले दुई पार्टीको एकीकरणको स्वागत गर्दै एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताएका थिए । चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउँदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुराउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने वचनवद्धता व्यक्त गरेका थिए ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको थियो । भेटका अवसरमा येझाऊले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा जिज्ञासा राखेका थिए ।

अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको उल्लेख गरेका थिए । अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताए ।

भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपति शी जिनपिङले लेखेको “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Subash Pandey

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपक्षी नेता पक्राउ, राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन रोक
विपक्षी नेता पक्राउ, राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन रोक
पोखरामा धनराज आचार्यको जीत सुनिश्चित, काँग्रेसले उपमेयर गुमाउँदै
पोखरामा धनराज आचार्यको जीत सुनिश्चित, काँग्रेसले उपमेयर गुमाउँदै
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि
सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाले पोखिन आक्रोस
सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाले पोखिन आक्रोस
निर्मलाको न्यायका निम्ति स्वेच्छिक गिरफ्तारी माग्दै प्रदर्शन
निर्मलाको न्यायका निम्ति स्वेच्छिक गिरफ्तारी माग्दै प्रदर्शन
अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध
अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू
“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
सुन्दै अचम्म लाग्ने मन्दिरको बीचमा रहेको एउटा अलौकिक वृक्ष
सुन्दै अचम्म लाग्ने मन्दिरको बीचमा रहेको एउटा अलौकिक वृक्ष