प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २, २०७६
|
|
३८ पटक हेरिएको
Shares
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण

सारांश

  • बलिउड अभिनेत्री प्रियंका चोपडा निक जोन्ससँग आज आफ्नो ३७ औँ जन्म दिन मनाउँदैछिन् ।
  • प्रियंका अभिनेत्रीको रुपमा मात्रै होइन व्यक्तिगत जीवनका कारण पनि उद्धाहरणीय बनेकी छिन् ।
  • प्रियंकाको नाम धेरै बलिउड स्टारसँग जोडिएको थियो ।

बलिउड अभिनेत्री प्रियंका चोपडा निक जोन्ससँग आज आफ्नो ३७ औँ जन्म दिन मनाउँदैछिन् । प्रियंका अभिनेत्रीको रुपमा मात्रै होइन व्यक्तिगत जीवनका कारण पनि उद्धाहरणीय बनेकी छिन् । प्रियंकाको नाम धेरै बलिउड स्टारसँग जोडिएको थियो । उनको सम्बन्धको बारेमा मिडियामा धेरै समाचार तथा गसिप समेत बनेका थिए । तर उनले त्यसमा कुनै प्रतिक्रिया जनाइनन् ।तर जब उनले आफ्नो विहेको बारेमा खुलासा गरिन्, पुरै बलिउड उद्योग नै चकित बनेको थियो । उनले आफुभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोन्ससँग विहे गर्न लागेको खबर बाहिरिए पछि बलिउड नै तरंगीत बनेको थियो । उनले आफुभन्दा कान्छा निकसँग विहे गरेर केटीले आफुभन्दा बढि उमेरको सँग मात्रै विहे गर्नु पर्छ भन्ने मान्यता तोडेकी छिन् ।

दुवैको विहे भएको ६ महिना बितिसकेको छ । श्रीमान निक र उनको परिवारसँग प्रियंकाको सुमधुर सम्बन्ध रहेको छ । केही दिन अघि मात्रै उनले सासुको फोटो सामाजिक सञ्जालमा राख्दै सासुको जन्म दिनको शुभकामना दिएकी थिइन् । निक र प्रियंकाको जोडीलाई उनका प्रशंसकहरुले पनि मन पराएका छन् । दुवैको भेट एक अमेरिकी टिभी कार्यक्रमको सेटमा भएको थियो । त्यही भेट पछि उनीहरुको सम्बन्ध कस्सिलो बन्दै जाँदा अन्ततः विहेमै परिणत भयो ।

दुबै २०१७ मा एउटा रेड कार्पेटमा सँगै देखा परेका थिए । यतिबेलासम्म उनीहरुको प्रेम गाढा बनिसकेको थियो । उनीहरुको अफेयर्सको विषयलाई लिएर मिडियामा छ्यापछ्याप्ती खबर आउन थाल्यो । त्यसपछि भने उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिएनन् । तर २०१८ मा मेमोरियल डे विकेण्डमा प्रियंका र निकको धेरै निकटको सम्बन्ध झल्काउने फोटो सार्वजनिक भयो ।

 

यो फोटो सार्वजनिक भएसँगै उनीहरुको सम्बन्धको बारेमा मिडिया पनि दुवै खास सम्बन्धमा रहेको भन्नेमा विश्वस्त बन्यो । प्रियंकाले एउटा अन्तरवार्तामा भनेकी थिइन् उनीहरु दुवै एउटा फिल्मको रेड कार्पेटमा २०१७ मा पहिलो पटक भेटेका थिए । त्यसपछि प्रियंकाले निकलाई आफ्नो घर लगिन् र आमा मधु चोपडासँग पनि भेटाइन् ।

प्रियंकाको भनाई अनुसार उनको ३६ औँ जन्म दिनमा राती १२ बजे ग्रीसमा निकले घुँडा टेक्दै भने ‘के म तिमीलाई यो रिङ लगाइदिन सक्छु रु’ निकको यस्तो प्रस्ताव आउने बित्तिकै प्रियंकाले हुन्छ भन्ने जवाफ दिएपछि दुवै भारत आए र इन्गेजमेन्ट गरे । प्रियंकाले इन्गेजमेन्टको फोटो सोसियल साइटमा राख्दै लेखिन् ‘यो देसी गर्लको मुटु यो विदेसी केटोले चोर्यो’त्यसपछि दुवैले आफ्नो रिलेसनलाई विहेमा परिणत गरे । गएको डिसेम्बर १ मा इशाई र डिसेम्बर २ मा हिन्दु संस्कार अनुसार प्रियंका र निकको विहे भयो ।

यी अभिनेत्रीको प्रेमा थिए राजेश खन्ना, विहे भए पनि सँगै बस्थे खन्ना
१८ जुलाई २०१२ मा करौडो फ्यानलाई स्तव्द बनाउँदै राजेश खन्नाले संसार छोडेका थिए । खन्नाको फिल्मी यात्राको सुरुवात चेतन आनन्दको फिल्म आखिरी खतबाट सुरु भएको थियो । उनले आफ्नो फिल्मी जीवनमा १८० भन्दा बढि फिल्ममा काम गरे । उनले ३ वर्ष लगातार १५ वटा हिट फिल्म दिएका थिए । लगातार १५ वटा हिट फिल्म दिएका कारण उनलाई बलिउडकै पहिलो सुपरस्टारको उपाधि दिइयो ।

खन्नाको फिल्मी जीवन जति रंगीन थियो, त्यति नै उनको प्रेम जीवन भने विवादित र रंगहिन रह्यो । उनले डिम्पल कपडियासँग विहे गरे । विहे भइसकेपछि उनी टिना मुनिमसँग रिलेसनमा बसे । यो थाहा पाएपछि डिम्पल घर छोडेर हिडिन् । डिम्पल नभएपछि खन्ना टिनासँगै बस्न थाले । उनीहरु कति गहिरो प्रेममा थिए भने खन्नाले कुनै समय दिएको अन्तरवार्ताबाटै थाहा हुन्छ । खन्नाले भनेका थिए ‘टिना र म एउटै टुथ ब्रस प्रयोग गथ्र्यौ ।’

दुई बीचको प्रेमको गठबन्धन कस्सिदै जाँदा टिनाले राजेशलाई विहेको दवाव दिन थालिन् । राजेशले डिम्पलसँग डिभोर्स गरेपछि विहे गर्ने आश्वासन दिए । तर टिनालाई राजेशको कुरामा विश्वार लागेन । उनले सोचिन ‘राजेश मसँग विहे गर्दैनन् ।’ त्यसपछि उनी खन्नाबाट टाढा हुँदै गइन् । भनिन्छ, टिनाले राजेशलाई छोडेर हिडेको समय खन्नाले उनलाई त्यसरी नजान निकै अनुरोध गरेका थिए । तर टिनाले राजेशको अनुरोधलाई वास्तै गरिनन् र छोडेर हिडिन् । र, राजेश खन्ना र टिनाको प्रेम सम्बन्ध खत्तम भयो ।

कविर सिंहको २७ दिनको बक्स अफिस कलेक्सन कति ?
बक्स अफिसमा धेरै वटा रेकर्ड तोड्न सफल साहिद कपुर र कियारा आडबाणी अभिनित फिल्म कविर सिंहको रफ्तारमा कमी आएको छ । कविर सिंहको रफ्तारको कमी हुनुको कारण पछिल्लो शुक्रबार प्रदर्शनमा आएका फिल्महरुलाई मानिएको छ । तर पनि फिल्म चौथो हप्तामा पनि ठीकैसँग चलिरहेको छ । कविर सिंहको अहिलेसम्मको कमाई २६४ करोड भारतीय रुपैयाँ रहेको छ ।

जुलाई १२ प्रदर्शन भएको ऋत्तिक रोशनको फिल्म सुपर ३० कारण कविर सिंहको व्यापार केही खुम्चिएको छ । प्रदर्शन भएको ६ दिनमै ऋतिक अभिनित फिल्म सुपर ३० ले ६५ करोड रुपैयाँको कारोबार गरेको छ । तर जुन २८ मा प्रदर्शन भएको आर्टिकल्स १५ भने कविर सिंहलाई केही असर पुर्याएको थिएन ।

कविर सिंहले गएको शुक्रबार २।५४ करोड, शनिबार ३।७५ करोड, आइतबार ४।०५ करोड, सोमबार १।६५ करोड, मंगलबार १।६० करोड र बुधबार करिब १ करोड रुपैयाँ कमाई गरेको थियो । कबिर सिंह २१ जुनदेखि प्रदर्शनमा आएको थियो । तेलगु हिट फिल्म अर्जुन रेड्डीको रिमेक कविर सिंहलाई शाहिद कपुरको करियरकै सबैभन्दा ब्लकबष्टर फिल्म हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायीले दसैंअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी पाउने
निर्माण व्यवसायीले दसैंअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी पाउने
मौन अवधिमा मनी र मसल प्रयोग भए उम्मेद्ववारी रद्द गर्छौं : ईश्वरी पौडेल– निर्वाचन आयूक्त (निर्वाचन आयोग)
मौन अवधिमा मनी र मसल प्रयोग भए उम्मेद्ववारी रद्द गर्छौं : ईश्वरी पौडेल– निर्वाचन आयूक्त (निर्वाचन आयोग)
भारतले ‘सीमा मिचिएको’ सम्वन्धमा विवेकशील साझा पार्टीको धारणा
भारतले ‘सीमा मिचिएको’ सम्वन्धमा विवेकशील साझा पार्टीको धारणा
नेपाल भ्रमणपछि चीन ‘प्रशन्न’
नेपाल भ्रमणपछि चीन ‘प्रशन्न’
देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ: गृहमन्त्री थापा
देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ: गृहमन्त्री थापा
चार वर्षभित्र रिहार–भ्युसनपुर सडक कालोपत्रे गर्ने प्रतिबद्धता
चार वर्षभित्र रिहार–भ्युसनपुर सडक कालोपत्रे गर्ने प्रतिबद्धता
विश्वभरी ट्विटर डाउन
विश्वभरी ट्विटर डाउन
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन