प्रियंका चोपडालाई लिन आए निक जोन्स

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
प्रियंका चोपडालाई लिन आए निक जोन्स

सारांश

  • प्रियंका चोपडा र अमेरिकी गायक निक जोन्सको विवाह आउन अब जम्मा ६ दिन मात्र बाँकी छ ।
  • यतिबेला एक बलिउड फिल्मको छायांकनमा व्यस्त रहेकी प्रियंकालाई लिन अमेरिकाबाट परिवार सहित निक भारत आइसकेका छन् ।
  • निकको साथ इन्स्टाग्राममा फोटो सेयर गर्दै प्रियंकाले वेलकम होम बेबी लेखेकी छन् ।

प्रियंका चोपडा र अमेरिकी गायक निक जोन्सको विवाह आउन अब जम्मा ६ दिन मात्र बाँकी छ । यतिबेला एक बलिउड फिल्मको छायांकनमा व्यस्त रहेकी प्रियंकालाई लिन अमेरिकाबाट परिवार सहित निक भारत आइसकेका छन् । निकको साथ इन्स्टाग्राममा फोटो सेयर गर्दै प्रियंकाले वेलकम होम बेबी लेखेकी छन् । उता निकले पनि भारत आउनु अघि इन्स्टाग्राममा स्टोरी पोष्ट गर्दै सि यू ल्याटर न्यूयोर्क लेखेका थिए ।

प्रियंका अहिले द स्काई इज पिंकको छायांकनमा व्यस्त छिन् । यो फिल्मको छायांकन दिल्लीमा भइरहेको छ । भारत आउने बित्तिकै निक उनलाई भेट्न दिल्ली पुगेका थिए ।

विहेमा हुने सांगीतिक कार्यक्रममा निकले प्रियंकाकै गीत माइ देसी गर्ल गाउने तयारी गरेका छन् ।

यस्तो छ बिहेको सेड्युल
प्रियंका र निकको विहे २९ नोभेम्बरमा सुरु हुनेछ । संगीत, मेहन्दी र भारतीय संस्कार अनुसार विहे भएको ३ दिन पछि फेरि क्रिश्चियन संस्कार अनुसार पनि विहे हुनेछ । विहे जोधपुरको उम्मेद दरबारमा तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?