नगरपालिकाका मेयरलाइ मारेर फाल्दिने धम्की !
सारांश
- सिन्धुपाल्चोक, १५ साउन ।
- बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले असुरक्षित भएको भन्दै सुरक्षा मागेका छन् ।
- काठमाण्डुबाट नगरपालिकाको कार्यालय जाँदै गर्दा अरनिको राजमार्गअन्तर्गत जुरे नजिकै सोमबार नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि मेयर शेर्पाले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छन् ।
सिन्धुपाल्चोक, १५ साउन । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले असुरक्षित भएको भन्दै सुरक्षा मागेका छन् । काठमाण्डुबाट नगरपालिकाको कार्यालय जाँदै गर्दा अरनिको राजमार्गअन्तर्गत जुरे नजिकै सोमबार नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि मेयर शेर्पाले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छन् ।
बा१४च १४०८ नम्बरको गाडीमा सवार रहेकोबेला कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतका टोलीले आक्रमणको प्रयास गरेको मेयरको दावी छ । ‘बाह्रविसे जादै थिँए,पहिरोले बाटो अवरुद्ध भएपछि त्यही बसिरेहेको थिएँ, एक्कासी आक्रमण गर्न आए ।’ मेयर शेर्पाले भने ।
मंगलबार हुने सरकारविरुद्धको बिरोध प्रदर्शन कार्यक्रममा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु सदरमुकाम चौतारा जाँदै थिए ।मेयर शेर्पालाई देख्न साथ उनीहरुले नाराबाजी गर्दै आक्रमणको प्रयास गरेका थिए ।
ठूलो संख्यामा रहेका कांग्रेस कार्यकर्ताहरु आक्रमणमा आएपछि अन्य सवारीसाधनका यात्रुले आक्रमण गर्न रोकेका थिए । कांग्रेस क्षेत्रीय सभापति बस्नेतसहितका कार्यकर्ताहरुले आक्रमण गर्न नपाएपछि कुनै दिन मारेर फाल्दिने धम्की दिएको मेयर शेर्पाले बताए ।
स्थानीय तह निर्वाचनमा बस्नेत कांग्रेसबाट मेयरको प्रत्यासी थिए ।
प्रतिक्रिया