मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
सारांश
- काठमाडाै, ३ जेठ ।
- पहिलोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मदन–आश्रित स्मृति दिवस कार्यक्रममा सहभागी भएका छन् ।
- एमाले–माओवादी पार्टी एकता हुने पक्का भएपछि माओवादी अध्यक्ष प्रचण्ड सो कार्यक्रममा सहभागी भएका हुन् ।
काठमाडाै, ३ जेठ । पहिलोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मदन–आश्रित स्मृति दिवस कार्यक्रममा सहभागी भएका छन् ।
एमाले–माओवादी पार्टी एकता हुने पक्का भएपछि माओवादी अध्यक्ष प्रचण्ड सो कार्यक्रममा सहभागी भएका हुन् ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो । उनीहरुको २५ औं स्मृति दिवसमा आयोजित औपचारिक कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी भएको हो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै प्रचण्डले मदन–आश्रित स्मृति दिवसको दिन दुबै पार्टीलाई एकता गरेर ठूलो पार्टी बनाउन पाउँदा गर्व लागेको बताए । ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ ।’ प्रचण्डले भने, ‘आज पार्टी एकता हुन्छ ।’
एमालेले बल्खु, चितवनको दासढुंगालगायतका मुलुकभरी स्थानमा मदन–आश्रित स्मृति दिवसको अवसर पारेर बिभिन्न कार्यक्रम आयोजना गर्दैछ ।
प्रतिक्रिया