देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
देवकोटा बन्ने भए नीति तथा योजना आयोगको उपाध्यक्ष

सारांश

  • हेटौडा,२९ जेठ ।
  •   प्रदेश न ३ को दिउसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोग गठन तथा कार्य संचालन आदेश जारि गर्ने भएको छ।
  • स्रोतका अनुसार यस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटा र सदस्यमा श्याम बस्नेतको नियुक्तिको तयारी छ।

हेटौडा,२९ जेठ ।  प्रदेश न ३ को दिउसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोग गठन तथा कार्य संचालन आदेश जारि गर्ने भएको छ।

स्रोतका अनुसार यस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटा र सदस्यमा श्याम बस्नेतको नियुक्तिको तयारी छ। बिकाश अर्थशास्त्रमा बिद्याबारिधि गरेका डा देवकोटा वित्तीय संघीयता व्यवस्थापनका पनि बिज्ञ मानिन्छन भने सदस्य बस्नेत प्राकृतिक स्रोत सम्बन्धि बिज्ञ हुन्। संघियता बिज्ञ डा देवकोटाले अर्थशास्त्रमा एमए , आर्थिक विश्लेषणमा एमएसी र बिकाश अर्थशास्त्रमा बिद्याबारिधि गरेका छन्।

डा देवकोटासंग प्रधानमन्त्री कार्यालय , राष्ट्रिय योजना आयोग का अतिरिक्त स्थानीय निकाय वित्तीय आयोगमा समेत लामो समय बिज्ञ सल्लाहकारको रुपमा काम गरेको अनुभब छ। बिश्व बैंक ,युएनडिपी ,डिएफआइडी ,जीआइजेट ,एसडिसी लगायतका संस्थाहरुमा समेत उनले संघियता लगायतका बिषयमा परामर्शदाताका रुपमा कार्य गरिसकेका छन।

काठमाडौँ बिश्वबिद्यालयमा समेत प्राध्यापन गरिसकेका डा देवकोटाले संघियता र बिकाश लगायताका बिषयमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरुलाइ बेला बेलामा प्रशिक्षण दिनुका साथै संघियता र स्थानीय सुशासन बिषयमा देशका दुर दराजमा समेत पुगी प्रशिक्षण दिने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?