बैंककाे पैसामा कर्मचारीकाे रजाइ
सारांश
- काठमाडाैं , १६ मंसिर हिनामिनाको अभियोगमा कृषि विकास बैंकको न्यूरोड शाखामा कार्यरत कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जनालार्इ प्रहरीले पक्राउ गरेको हो ।
- झण्डै ५ करोड रकम हिनामिना गरेको अभियोगमा कृषि विकास बैंकका कर्मचारीलार्इ प्रहरीले पक्राउ गरेको हाे ।
- पक्राउ पर्नेमा दिपिका रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा छन् ।
काठमाडाैं , १६ मंसिर हिनामिनाको अभियोगमा कृषि विकास बैंकको न्यूरोड शाखामा कार्यरत कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जनालार्इ प्रहरीले पक्राउ गरेको हो । झण्डै ५ करोड रकम हिनामिना गरेको अभियोगमा कृषि विकास बैंकका कर्मचारीलार्इ प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा दिपिका रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा संलग्न भएको आरोप रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको छ । उनले उक्त रकम सुनचाँदी किन्न खर्च गरेको प्रहरीले जनाएको छ ।
सीअाइबीका अनुसार रेग्मीले केही रकम प्रकाश घतानीको खातामा गरेकी थिइन् । उनले उक्त रकम वापत रेग्मीलाई सुनका गरगहना दिने गरेका थिए ।
उच्च अदालत पाटनबाट ५ दिनको म्याद लिएर तीनै जनामाथी बैंकिङ कसुरमा अनुसन्धान थालिएको छ ।
Manoj Lamichhane
बिनाश काले विपरीत बुद्धि? त्यै पैसा को बल मा मुद्दा जित्न के बेर?