बलिउडमा १३ दिन फिल्म निर्माण बन्द
सारांश
- एजेन्सी, ४ चैत्र ।
- विश्वमा सबैभन्दा बढी फिल्म उत्पादन गर्ने बलिउडले १३ दिन कुनैपनि फिल्म निर्माण नगर्ने भएको छ ।
- मार्च १९ देखि ३१ सम्म बलिउडले फिल्म उत्पादन बन्द गर्ने भएको हो ।
एजेन्सी, ४ चैत्र । विश्वमा सबैभन्दा बढी फिल्म उत्पादन गर्ने बलिउडले १३ दिन कुनैपनि फिल्म निर्माण नगर्ने भएको छ । मार्च १९ देखि ३१ सम्म बलिउडले फिल्म उत्पादन बन्द गर्ने भएको हो ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी बलिउडले फिल्म उत्पादन १३ दिनसम्म बन्द गर्न लागेको जनाइएको छ । बलिउडले प्रत्येक वर्ष दुइ हजार फिल्म उत्पादन गर्छ । २० भाषामा दुई हजार फिल्म उत्पादन गर्ने बलिउडले हरेक दिन सरदर ६ वटासम्म फिल्म बनाउँछ ।
(Felbatol)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया