देवनारायणका बाबुछोरालाई रिहाइको पहल गर्न गृहमन्त्रीको निर्देशन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
देवनारायणका  बाबुछोरालाई रिहाइको पहल गर्न गृहमन्त्रीको निर्देशन !

सारांश

  • १६ असोज, काठमाडौं ।
  • गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीको नियन्त्रणबाट रिहाईको पहल थाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
  • उनले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई टेलिफोन गरी भारतीय अधिकारीहरुसँग समन्वय गरी यादवद्वयलाई यथाशिघ्र नियन्त्रण मुक्त गर्न निर्देशन दिएका हुन् प्रमुख जिल्ला अधिकारीको स्तरबाट रिहाई नभए सरकारले कुटनीतिक पहल सुरु गर्ने गृहमन्त्री शर्माको भनाइ छ ।

१६ असोज, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीको नियन्त्रणबाट रिहाईको पहल थाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई टेलिफोन गरी भारतीय अधिकारीहरुसँग समन्वय गरी यादवद्वयलाई यथाशिघ्र नियन्त्रण मुक्त गर्न निर्देशन दिएका हुन्

प्रमुख जिल्ला अधिकारीको स्तरबाट रिहाई नभए सरकारले कुटनीतिक पहल सुरु गर्ने गृहमन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले भने, भारतका प्रहरी प्रशासनसँग समन्वय गरेर जतिसक्दो छिटो रिहा गर्न भनेको छु । यदि त्यसरी भएन भने सरकारले कुटनीतिक पहल सुरु गर्छ ।

भारतीय प्रहरीले देवनारायण र उनको छोरा अजयलाई दुई दिनदेखि नियन्त्रणमा लिएर राखेको छ । देवनारायणको छोरा अजयले भारतीय युवतीसँग बिहे गरेको तर, भारतीय पक्षले युवतीलाई अपहरण गरेको भन्दै उजुरी गरेपछि भारतीयले उनीहरुलाई पक्रेको बताइएको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।

गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको यादवले प्रतिकार गरेका थिए । भारतीय पक्षसँगको झडपमा उनी घाइते समेत भएका थिए । त्यति बेलादेखि नै भारतीयले देवनारायणलाई निगरानीमा राखेको स्थानीय बताउँछन् । अपहरण गरेको भनेर भारतीय प्रहरीले फसाउन खोजेको तिलाठीका स्थानीय बासिन्दाको भनाइ छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Shrestha

    हाे मन्त्री जिउ याे चहि सहिहाे चाडाे भन्दा चाडाे रिहागरिनु प्रछ नत्त भने राम्राे हुने छैन के सदै भातर काे जियादति कतिसहेर बस्ने नेपाली जन्ताहरुले ह

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप
कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो
भिमाद जिप दुर्घटना : दुईजनाको मृत्यु
भिमाद जिप दुर्घटना : दुईजनाको मृत्यु
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, किन मनाइन्छ !
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, किन मनाइन्छ !
मंसिर १७ गते मंगलबारको राशिफल यस्तो छ
मंसिर १७ गते मंगलबारको राशिफल यस्तो छ
सिन्धुपाल्चोकमा कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ !
सिन्धुपाल्चोकमा कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ !
जनकपुरमा बन्ने प्रसुति गृहका लागि अमेरिकाको १ अर्ब अनुदान
जनकपुरमा बन्ने प्रसुति गृहका लागि अमेरिकाको १ अर्ब अनुदान
क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास
क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास

तपाईंले छुटाउनुभयो कि?