१६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
१६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ !

सारांश

  • काठमाडौँ, २१ साउन ।
  • महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ ।
  •  बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौँ, २१ साउन । महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ । बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवीसहित सिजापतिलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उक्त रुवीको बजार मूल्य रु १६ करोड रहेको जनाएको छ ।

यस्तै, वृत्तले रु १२ लाख ७० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भारत सरकारले बन्देज गरेको एक हजार र ५०० दरका भारतीय रकमसहित काठमाडौँका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्कीका ४३ वर्षीय सुरज मल्ललाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले एक हजारका ९६० नोट र ५०० का ३१० नोट बरामद गरेको छ ।

अवैध यौन व्यवसाय सञ्चालन गर्ने दुई पक्राउ 

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले पैसाको प्रलोभन देखाई परपुरुषसँग यौन धन्दा चलाउँदै आएका दुई महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले कामनपा–२ लाजिम्पाटमा पैसाको प्रलोभन देखाई परपुरुषसँग जबर्जस्ती यौन सम्पर्क गर्न लगाउने ललितपुरकी २८ वर्षीय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षीय मन्दिरा तामाङलाई आइतबार पक्राउ गरेको हो । वृत्तका प्रमुख दानबहादुर मल्लले पक्राउ परेका महिलालाई मानव बेचबिखन ऐनअन्तर्गत कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

(theseedpharm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?