देवयानी राणा राजनीतिमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १७, २०७३
|
|
४९१ पटक हेरिएको
Shares
देवयानी राणा राजनीतिमा

सारांश

  • पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन्।
  • राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ।
  • बाबुले सिन्धुपाल्चोकलाई आधार मानेर राजनीति गरिरहेका वेला छोरी देवयानीले भने दोलखालाई आधार बनाउन लागेकी हुन्।

पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन्। राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ। बाबुले सिन्धुपाल्चोकलाई आधार मानेर राजनीति गरिरहेका वेला छोरी देवयानीले भने दोलखालाई आधार बनाउन लागेकी हुन्। गाउँ इकाइ समितिको भेलामा भने देवयानी शैलुंगेश्वर गइनन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

‘हाम्रो गाउँ इकाइ समितिले उहाँलाई क्षेत्रीय प्रतिनिधि बनाएको छ, अब उहाँ जिल्ला प्रतिनिधि बन्नुभयो भने राप्रपाको महाधिवेशनमा सहभागी हुने बाटो खुल्नेछ,’ राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतीले भने, ‘त्यसपछि उहाँ सक्रिय राजनीतिमा आउने सम्भावना रहन्छ।’ जिल्ला अधिवेशनमा पनि देवयानी दोलखा जाने–नजाने यकिन छैन। देवयानी हाल काठमाडौंमै छिन्। उप्रेती राणानिकट हुन्। ६ माघमा भएको गाउँ इकाइ समितिको भेलाले देवयानीलाई इकाइ सदस्यमा पनि निर्वाचित गरेको छ।

क्षेत्रीय प्रतिनिधिमा देवयानीसँगै उप्रेती, भोजराज आचार्य, मन्दा थपलिया, आपूर्वा शेर्पा र जगतबहादुर तामाङ चयन भएका छन्। राप्रपामा तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर र नाति सिद्धार्थ, तत्कालीन अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त, राप्रपाका पूर्वनेता केशरबहादुर विष्टका छोरा विराज, पूर्वसहअध्यक्ष पद्मसुन्दर लावतीका छोरा सगुन पनि राजनीतिमा सक्रिय छन्। ‘देवयानी राजनीतिमा आउन खोज्नुमा निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाको प्रमुख भूमिका स्वाभाविक हो, उहाँले छोरीलाई राजनीतिमा स्थापित गरेर आफ्नो उत्तराधिकारी बनाउन चाहनुभएको छ,’ राणानिकट अर्का केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने। देवयानीले संविधानसभाका दुवै निर्वाचनमा सिन्धुपाल्चोक पुगेर प्रचारप्रसार गरेकी थिइन्। देवयानी १९ जेठ ०५८ मा भएको नारायणहिटी हत्याकाण्डपछि तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिकाका रूपमा चर्चामा थिइन्।

नारायणहिटी काण्डमा उनका प्रेमी दीपेन्द्रसहित तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्रलगायतको निधन भएको थियो। उक्त घटनापछि विरक्तिएकी देवयानीले पाँच वर्षपछि १० फागुन २०६३ मा भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन्। पारिवारिक स्रोतका अनुसार नयाँदिल्लीस्थित युएनडिपीमा जागिरे रहेकी उनको पछिल्लो समय श्रीमान्सँग सम्बन्ध सुमधुर नरहेको चर्चा परिवारमाझ छ। उनी नयाँदिल्लीमा बस्दै आएकी छिन्। राप्रपामा तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर र नाति सिद्धार्थ, तत्कालीन अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त, राप्रपाका पूर्वनेता केशरबहादुर विष्टका छोरा विराज, पूर्वसहअध्यक्ष पद्मसुन्दर लावतीका छोरा सगुन पनि राजनीतिमा सक्रिय छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँके आक्रमणको विरोधमा कांग्रेस आन्दोलित
बाँके आक्रमणको विरोधमा कांग्रेस आन्दोलित
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
प्राविधिक समस्या आएपछि हेटौँडा सिमेन्टको उत्पादन बन्द
प्राविधिक समस्या आएपछि हेटौँडा सिमेन्टको उत्पादन बन्द
प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनमा तीन संगठनको भागवण्डा
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनमा तीन संगठनको भागवण्डा
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)
श्रीमान दु:खसँग पैसा कमाउने श्रीमती अर्कैसँग रमाइलो गरेर पैसा उडाउने (भिडिओ सहित)
देउवा–मोदी भेटवार्ता भदौ ८ गते
देउवा–मोदी भेटवार्ता भदौ ८ गते
सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार
सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी