देउवा–मोदी भेटवार्ता भदौ ८ गते

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
देउवा–मोदी भेटवार्ता भदौ ८ गते

सारांश

  • काठमाडौं ।
  •  प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि भदौ ७ गते दिल्ली प्रस्थान गर्ने छन् ।
  • पत्नी आरजु देउवा राणासहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर देउवा भारत जान लागेका देउवा राष्ट्रपति भवनमा पाहुना बन्ने छन् ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि भदौ ७ गते दिल्ली प्रस्थान गर्ने छन् । पत्नी आरजु देउवा राणासहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर देउवा भारत जान लागेका देउवा राष्ट्रपति भवनमा पाहुना बन्ने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ८ गते बिहान उनको सम्मानमा दिइने ‘गार्ड अफ अनर’मा अवलोकन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री देउवा राजघाटमा रहेको महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जली दिनेछन् । त्यही दिन उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेंकैया नयडुसँग छुट्टाछुट्टै भेट वार्ता गर्नेछन् ।

सोही दिन प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले सोही दिन दिवाभोजको आयोजना गर्नेछन् । दिल्लीमा रहँदा देउवाले भारतीय बुद्धिजिवी र उद्यमीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतीय राज्यहरू तेलंगना, आन्द्रप्रदेश र बिहार पनि जाने जानकारी दिएकोछ । ती राज्यको कुन ठाउँमा के कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सहभागी हुने भन्ने खुलाएको छैन ।

उनी ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?