देशको खोजी र रंग अभिज्ञान लोकार्पित

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
५८ पटक हेरिएको
Shares
देशको खोजी र रंग अभिज्ञान लोकार्पित

सारांश

  • ललितपुर, ८ वैशाख, साझा प्रकाशनद्वारा प्रकाशित दुई कृतिहरु प्रदीप नेपालको “देशको खोजी” र तेजेश्वराबाबुु ग्वांगः को “रंग अभिज्ञान” को आज यहाँ लोकार्पण गरियो ।
  • सभामुख कृष्णबहादुर महराले नेपालको कथा संग्रह “देशको खोजी” र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ग्वांगः को निबन्ध संग्रह “रंग अभिज्ञान” को विमोचन गर्नुभएको हो ।
  • सो अवसरमा सभामुख महराले हरेक व्यक्तिको अन्तरचक्षुमा साहित्य हुने गरेको उल्लेख गर्दै भाषा, साहित्यलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

ललितपुर, ८ वैशाख, साझा प्रकाशनद्वारा प्रकाशित दुई कृतिहरु प्रदीप नेपालको “देशको खोजी” र तेजेश्वराबाबुु ग्वांगः को “रंग अभिज्ञान” को आज यहाँ लोकार्पण गरियो ।

सभामुख कृष्णबहादुर महराले नेपालको कथा संग्रह “देशको खोजी” र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ग्वांगः को निबन्ध संग्रह “रंग अभिज्ञान” को विमोचन गर्नुभएको हो ।

सो अवसरमा सभामुख महराले हरेक व्यक्तिको अन्तरचक्षुमा साहित्य हुने गरेको उल्लेख गर्दै भाषा, साहित्यलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

साझा प्रकाशनले आफैँ बाँच्न प्रतिस्पर्धी हुनु आवश्यक भएको उल्लेख गर्दै उहाँले सांसदहरुलाई पुस्तक खरिद गराई गाउँ÷गाउँमा पठाउन आफ्नो तर्फबाट सहयोग हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

संस्कृतिविद् जोशीले बजारमा बिकिने र सामयिक महत्वका पुस्तकलाई साझा प्रकाशनले निरन्तर प्रकाश गर्नुपर्ने बताउनुभयो ।

समालोकचक डा दयाराम श्रेष्ठ सम्भवले नेपालको एघारौँ कथा संग्रह “देशको खोजी” मा समसामयिकता, राष्ट्रियता, जनपक्षीयताका विषय र पात्र पाइएको तर कतिपय कथाले पाठकलाई विचारको बोझ बोकाएको बताउनुभयो ।

समालोचक डा लक्ष्मणप्रसाद गौतमले ग्वांगः को “रंग अभिज्ञान” ले कला र विम्बलाई रोचकरुपमा प्रस्तुत गरेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय सभाका सदस्य एवं साहित्यकार दीनानाथ शर्माले दुबै पुस्तक गहिरिए पढ्दा त्यसभित्रका गहनता र इन्द्रेणी पाइने बताउनुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले नेपालका कथामा सामाजिक यथार्थवादी चिन्तन पाइने गरेको उल्लेख गर्नुभयो ।

प्रकाशनका अध्यक्ष एंव महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्ला समयमा ५० भन्दा बढी नयाँ साहित्यिक पुस्तक प्रकाशन, व्यापार वृद्धि र संस्था सुधारको कार्ययोजना ल्याई काम गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Western Ladies Looking For Males Pertaining to Dating, Take pleasure in And Marriage
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
दसैँअघि काठमाडौंमा मेलम्चीको पानी आउँदैछ रे !
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
नेपालकाे सबैभन्दा ठूलाे पदक ‘नेपालरत्न’ कम्युनिष्ट नेता पुष्पलाललाई !
नेपालकाे सबैभन्दा ठूलाे पदक ‘नेपालरत्न’ कम्युनिष्ट नेता पुष्पलाललाई !
यस्तो छ आइबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आइबारका लागि विदेशी मुद्राको विनिमय दर
प्रदर्शनरत ‘तारेभीर’को शिर्ष गीत सामाजिक सञ्जालमा
प्रदर्शनरत ‘तारेभीर’को शिर्ष गीत सामाजिक सञ्जालमा
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा
एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा