अस्पताल स्थापना हुने भएपछि खुशीयाली

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
३० पटक हेरिएको
Shares
अस्पताल स्थापना हुने भएपछि खुशीयाली

सारांश

  • नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।
  • पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो ।
  • वडा नं ८ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार मात्रै हुने भएकाले स्थानीयवासी उपचारका लागि बुटवल, भैरहवालगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको छ ।

नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल र हाललाई २५१ स्थानीय तहमा प्राथमिक तहको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो । वडा नं ८ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार मात्रै हुने भएकाले स्थानीयवासी उपचारका लागि बुटवल, भैरहवालगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुशीयाली छाएको वडाध्यक्ष नीलकण्ठ गैरेले जानकारी दिनुभयो । “अस्पताल स्थापना हुने भएपछि यहाँका सबै स्थानीयवासी उत्साहित छन्”, उहाँले भन्नुभयो । पूर्वपश्चिम राजमार्गबाट नौ किलोमिटरको दूरीमा रहेको सो स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षौँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी कुलचन्द्र भण्डारीले बताउनुभयो ।

नगरपालिकाभित्रै भए पनि भौगोलिक हिसाबले वडा नं ७ र ८ दुर्गम मानिन्छन् । विसं २०५३ मा स्थापना भएको सो स्वास्थ्यचौकीमा अहिले कार्यालय सहयोगीसहित सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकी इन्चार्ज अमृता कँडेलले बताउनुभयो । “यहाँ बिरामीको चाप नै छ, दैनिक ७०÷८० बिरामीले सेवा लिने गरेका छन्, स्वास्थ्यचौकीबाट हामीले ल्याबसहितको प्राथमिक तहको उपचार सेवा दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

सुनवलसहित रामग्राम र देवदह नगरपालिकाका केही वडाका बासिन्दा पनि यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ । यहाँ निर्माण हुनलागेको १५ श्ययाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, एक विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । जसमा बहिरङ्ग सेवा, ‘इन्डोर’ सेवा, प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुने वडाध्यक्ष गैरेले जानकारी दिनुभयो ।

(https://nelsonjsalon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समस्या समाधान गर्न नीति तथा कार्यक्रम सफल हुने : नेता नेपाल
समस्या समाधान गर्न नीति तथा कार्यक्रम सफल हुने : नेता नेपाल
राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने
राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने
राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी
राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय  बेवारिसे बिरामी बृद्धको उद्धार
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय बेवारिसे बिरामी बृद्धको उद्धार
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा
समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड
समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड
भारतले चन्द्रमामा पठायो चन्द्रयान
भारतले चन्द्रमामा पठायो चन्द्रयान
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या
ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या

तपाईंले छुटाउनुभयो कि?