१४ खर्ब दिन्छु भनेर के गर्नु! एक सुको आछैन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ — एक वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा वाचा गरिएको १४ खर्ब बराबरको लगानीमध्ये एक पैसै नेपाल भित्रिएको छैन ।
  • सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरूले नेपालमा १३ अर्ब ५२ करोड ८० लाख ५० हजार अमेरिकी डलर (करिब १४ खर्ब रुपैयाँ) लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।
  • आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौँ — एक वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा वाचा गरिएको १४ खर्ब बराबरको लगानीमध्ये एक पैसै नेपाल भित्रिएको छैन । सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरूले नेपालमा १३ अर्ब ५२ करोड ८० लाख ५० हजार अमेरिकी डलर (करिब १४ खर्ब रुपैयाँ) लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘केही प्रगतिहरू भएका छन् । तर अहिलेसम्म लगानीमै रूपान्तरण भइसकेको छैन,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने ।

बोर्डका अनुसार फाट्टफुट्ट केही लगानीकर्ताहरू सम्पर्कमा छन् । तर हालसम्म कसैले पनि लगानी गर्ने प्रक्रिया अघि बढाएका छैनन् । तत्कालै कुनै आयोजनामा लगानी गरिहाल्ने अवस्थामा उनीहरू देखिँदैनन् । उद्योग मन्त्रालय र बोर्डले दुईदिने लगानी सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा २१ राष्ट्रका २ सय ५७ जना लगानीकर्ताहरू सहभागी थिए । सहभागीमध्ये १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरूले लिखित रूपमै नेपालमा लगानी गर्ने रकम उल्लेख गरेका थिए ।

नेपालका सरकारी निकायले नै स्पष्ट पार्न नसक्दा उक्त लगानी आउन नसकेको तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । ‘नेपालमा लगानीका लागि प्रवेश, त्यसका लागि प्रक्रिया र बाहिरिने प्रणालीबारे उनीहरू स्पष्ट हुन चाहन्छन्,’ उनले भने, ‘कुन आयोजनामा कसरी लगानी गर्न दिने भन्ने विषयमा सरकारले स्पष्ट पार्न सकेको छैन ।’ काठमाडौं–पोखरा मेट्रो रेल चिनियाँ लगानीकर्ताले बनाउने चाहना राखेका छन् । ‘मेट्रो रेल कसरी बनाउन दिने भनेर हामीले स्पष्ट गरिदिए उनीहरू आउँछन्,’ उनले भने, ‘प्रतिस्पर्धाको माध्यम, सार्वजनिक–निजी साझेदारी वा अन्य कुन मोडलमा दिने रु त्यो प्रक्रिया पूरा गर्न कति समय लाग्छ रु कहाँ गएर प्रक्रिया सुरु गर्ने ? भन्ने विषयमा स्पष्ट हुन नसक्दा लगानी नआएको हो ।’

नेपालले पत्रको माध्यमबाट भने उक्त लगानी भित्र्याउन पहल गरिरहेको छ । व्यवसायीले गरेको लगानी प्रतिबद्धता भित्र्याउन दूतावासहरूमार्फत पत्राचारसमेत गरेको थियो । उक्त पत्राचारलाई पनि लगानीकर्ताहरूले त्यति धेरै चासो दिएनन् । ‘कतिपय लगानीकर्ताहरू भने अझै निरन्तर सम्पर्कमै छन्,’ बोर्डका अधिकारीले भने । सम्मेलनमा सबैभन्दा बढी चिनियाँ व्यवसायीबाट ८ अर्ब ३० करोड डलर (हालको विनिमय दरअनुसार ८ खर्ब ६३ अर्ब अर्ब रुपैयाँभन्दा बढी) लगानीको प्रतिबद्धता जनाएका थिए । बंगलादेश २ अर्ब ४० लाख डलर, जापान र बेलायतले एकरएक अर्ब, श्रीलंकाले ५० करोड, भारतले ३१ करोड ७० लाख डलर बराबर नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?