मिसन स्याउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
१५ पटक हेरिएको
Shares
मिसन स्याउ

सारांश

  • मलाई उनीसँग जोडिन हतार थियो तर उनलाई मबाट छुटिन हतार भइसकेछ ।
  • समय हो समयसँग कसैले पौँठेजोरी खेल्न खोज्नु त्यो मुर्खतामात्र होइन महा मुर्खता हो ।
  • त्यत्तिकैमा उनी रिसाइन् ।

मलाई उनीसँग जोडिन हतार थियो तर उनलाई मबाट छुटिन हतार भइसकेछ । समय हो समयसँग कसैले पौँठेजोरी खेल्न खोज्नु त्यो मुर्खतामात्र होइन महा मुर्खता हो । त्यत्तिकैमा उनी रिसाइन् । सायद उनलाई मेरो यथार्थता खल्लो भइसकेको थियो । भावनाहरु उनलाई बनावटी कथा लागिसकेका थिए होला । लाग्छ उनले अब मलाई चिन्दिनन् । अनि रिसाएर उनले भनिन्, कत्ति बोल्न सक्या ? मुख दुख्दैन तेरो ?

मलाई लाग्यो गुलियो धेरै भयो शायद । त्यसैले उनलाई तीतो लाग्दैछ । म एकछिन मौन भएँ र उनी पनि । पानी रोकिने तरखरमा थियो । अघि नै उनले पानी रोकियो भनेकी थिइन् तर रोकिएको थिएन । मलाई लाग्दै थियो हाम्रो भेट छोटो थियो र जिन्दगी लामो ।

मेरो मनमा लागिरहेको थियो, म काठमाडौंबाट केही दिनको लागि जुम्ला जाँदाको अनुभव सुनाऊँ । तर खै ? केहीछिनको मौनतापछि उनी बोलिन्, तेरो जुम्ला बसाई कस्तो भयो ?

मलाई त यो प्रश्न होइन ताकि कसैले मेरो मुख थुनेर केही मिनेटमा छोडिदिएको महसुस भयो । मैले लामो सास फेरे । अहिलेसम्म शायद मेरो सास रोकिएको थियो । अनि यसरी सुनाए यथार्थता ।

चिसो अति नै । त्यसमा पनि एक दिन बत्ती आउने, एक दिन बत्ती नआउने । हुन त कर्णाली अञ्चलका पाँच जिल्ला ((पुरानो डाटा अनुसार) मध्य बिकसित भएको जिल्ला जुम्ला पर्छ । भूगोलले ठग्यो त्यो अर्कै पाटो रह्यो तर बिकसित छ जुम्ला । अन्य ४ जिल्ला भन्दा भनेर भनिरहनु नपर्ला । भोलिपल्ट बिहान उठ्नुपर्ने अनि जुम्लाको प्रख्यात मानिने चिनो स्याउ टिप्नुपर्ने । खाना खाएर भोलिको मिसन स्याउको गुलियोसँगै भुल्दै निदाउने प्रण गरें ।

रातभरि स्याउको गुलियोमा रमाउँदै कतिखेर निदाएछु पत्तै पाइन । एक्कासी छोरीको आवाजले ब्युझायो, बाबा फोन आयो । छोरीको तिखो आवाज मेरो कानमा परेपछि मेरो निद्रा ब्युझियो र मेरो आँखा मोबाइलको स्क्रिनमा परे । यसो हेरें, हिजो साँझ बिहानै निन्द्रा नखुल्ने डरले आलार्म लगाएर सुतेको थिएँ । आलार्मको घण्टीले मलाई होइन मेरो दुई बर्षे छोरीलाई पो ब्युँझाएछ । मनमनै हाँसे अनि आलार्म बन्द गरेर छोरीलाई भनें, बाबाको फोन हो छोरी । तिमी सुत ल । हतार हतारमा छोरीलाई फकाएर म तयार भएँ, मिसन स्याउको लागि । जाडो त्यस्तै झन पानी कति चिसो हो, आछुछुछु… । मुखमा पानीको एक दुई छिटाहरु छर्केर मुखलाई साजी बनाउने काम बाहेक अरु गर्ने हिम्मत ममा थिएन, चिसोले गर्दा ।

मेरो जीवनसाथीलाई सँगै लगेर उकालो लागियो । स्याउको बगैँचामा पुराउने र स्याउ खुवाउने जिम्मा लिनुभएको मेरो नजिकको नाता पर्ने आमालाई भेटेर आमालाई अगाडि लगाउँदै हामी बाटो लाग्यौँ । केही उकालो हिँडिसकेपछि असहज महसुस भयो । शायद उकाली ओराली गर्न मेरो शरीरले बिर्सिसकेको रहेछ । जसरी भएपनि त्यो स्याउको बगैँचामा पुगेर रातो रातो दाना स्याउ टोक्ने सपनाले थकानलाई बिर्साइदियो ।

जबर्जस्ती भए पनि केहीबेरको हिँडाईपछि हामी स्याउको बगैँचामा पुग्यौं । कसैले भनेको थिया, जब तिमी उकालो चढ्दा थाक्छौ तर जब थाकेर पनि त्यो उकालो चढेपछि गन्तब्यमा पुग्छौ नि त्यसपछि त्यहाँको दृश्यले तिमीलाई थकान मेटाइदिनेछ । हो यस्तै भयो । मैले उकालो चढेको पनि बिर्साइदियो स्याउको बगैँचाले । मलाई लाग्यो यो ठाउँ पनि जुम्लामै पर्छ ?

https://shikharkhabar.com/2018/09/09/87750/

https://shikharkhabar.com/2018/09/01/86711/

https://shikharkhabar.com/2018/08/26/85831/

https://shikharkhabar.com/2018/08/18/84633/

https://shikharkhabar.com/2018/08/11/83344/

https://shikharkhabar.com/2018/08/04/82263/

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?