चारजना मात्रै महिला उम्मेद्वार प्रदेश नम्बर सातबाट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनका लागि प्रदेश नम्बर सातबाट दलहरूले चारजना महिलालाई मात्रै उम्मेद्वार बनाएका छन्।
  • प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि १६ निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर सातमा नेपाली कांग्रेसले दुई जना र एमाले–माओवादीले एक–एक जना महिलालाई उम्मेद्वार बनाएका हुन्।
  • नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर पाँच र ईश्वरी न्यौपाने कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्षतर्फको उम्मेदवार निश्चित भएका छन् ।

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनका लागि प्रदेश नम्बर सातबाट दलहरूले चारजना महिलालाई मात्रै उम्मेद्वार बनाएका छन्।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि १६ निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर सातमा नेपाली कांग्रेसले दुई जना र एमाले–माओवादीले एक–एक जना महिलालाई उम्मेद्वार बनाएका हुन्।

नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर पाँच र ईश्वरी न्यौपाने कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्षतर्फको उम्मेदवार निश्चित भएका छन् । आरजु र ईश्वरी दुवै पहिलो र दोस्रो संविधान सभाको निर्वाचनबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए।

त्यसैगरी नेकपा एमालेले पनि २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेकी मदन कुमारी विष्ट ‘गरिमा’ लाई कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको छ।

माओवादी केन्द्रको भागमा परेको कञ्चनपु्र क्षेत्र नम्बर एकबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगरलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको छ । मगर २०७० को संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका दिवान सिंह विष्टसँग पराजित भएकी थिइन्।

नौ जिल्ला रहेको प्रदेश नम्बर सातका बाजुरा, बझाङ, बैतडी र दार्चुलामा मंसिर १० गते र बाँकी पाँच जिल्ला अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा भने मंसिर २१ गते निवार्चन सम्पन्न हुनेछ।

टिकट पाएका चारैजना महिलाले नाता र पार्टी केन्द्रसँगको पहुँचका आधारमा टिकट पाएको भन्दै आलोचना सुरु भइसकेको छ।

त्यस्तै तीन शीर्ष दलले सात नम्बर प्रदेशमा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ तीन जना महिला उम्मेद्वार बनाएका छन् । नेपाली कांग्रेसले बझाङ क्षेत्र नम्बर एकको ‘क’ मा चन्द्रादेवी जोशी, नेकपा एमालले कञ्चनपुर क्षेत्र नम्बर एकको ‘क’ बाट मर्यादा विष्ट र माओवादी केन्द्रले बझाङ क्षेत्र नम्बर एक ‘ख’ बाट देवकी मल्ललाई प्रदेश सभाको उम्मेदवार बनाएका छन्।

यसअघि महिलाहरूको उम्मेदवारी कम्तीमा पाँच प्रतिशत हुनैपर्ने संवैधानिक बाध्यता रहेको थियो । यसपटक समानुपातिक प्रणाली अनुरुप ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । तर, दलहरूले केवल करिब १२ प्रतिशत मात्रै महिलालाई उम्मेदवार बनाएका छन्।

पहिलो चरणमा हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते र दोस्रो चरणमा ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा मंसिर २१ गते मतदान हुने कार्यतालिका रहेको छ।

दोस्रो चरणको निर्वाचनका लागि बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?