देशले निकास पाउने शर्तमा जुनसुकै कदम चाल्न तयार छु : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
१६
|
२४ पटक हेरिएको
Shares
देशले निकास पाउने शर्तमा जुनसुकै कदम चाल्न तयार छु : प्रचण्ड

सारांश

  • भरतपुर, माघ २७ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताउनु भएको छ ।
  • चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको बताउनुभएको हो ।

भरतपुर, माघ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताउनु भएको छ ।

चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको बताउनुभएको हो ।

राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै अध्यक्ष प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताउनु भयो ।

‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु ।’ अध्यक्षले भन्नुभयो, ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु’

देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर शान्ति प्रक्रियासम्म आइपुगेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ‘१२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो’ भन्दै प्रश्न गर्नु भयो ।

गिरिजाप्रसाद कोइराला जीसँग बारम्बार छलफल भएपछि देश र जनताको पक्षमा शान्ति सम्झौता गरिएको बताउँदै अध्यक्षले भन्नुभयो, ‘युद्धकालसँग जोडेर हामीलाई व्यंग गर्नेहरु पनि छन्, तर इतिहास हेर्दा सम्राट अशोक नै सबैभन्दा पहिले बुद्धको शान्तिको सन्देश विश्वभरी फैलाउने विभूति भएको बिर्सिन मिल्दैन ।’

अध्यक्ष प्रचण्डले संविधान निर्माणको बेला देखिएको जटिलता सिर्जना भएको बेला प्रतिपक्षको भूमिका छोडेर मियोको रुपमा काम गरेको, संविधान निर्माण र कार्यान्वयनका बेला बिभिन्न पार्टी र समूहबीच तिक्तता बढेको बेला मध्यस्थताको भूमिका निर्वाह गरेको स्मरण गर्दै भन्नुभयो, इतिहासमा मेरो भूमिका राजनीतिक शक्तिदेखि बिभिन्न सामाजिक, सांस्कृतिक भौगौलिक जातजाति, समूह वर्गका बीचका विवादलाई साम्य पार्ने मियोको रुपमा रहँदै आएको छ । अहिले पनि म सबैको भूमिकाको मूल्यांकन गर्दै समृद्धिको यात्राको संकल्प बोकेर अघि बढेको छु ।

दोश्रोपटक प्रधानमन्त्री बन्नुपरेको सन्दर्भको चर्चा गर्दै अध्यक्ष प्रचण्डले देशको राष्टियता, एकता र अखण्डता तथा सबै समूहबीचको सदभावका लागि आफूले खेलेको भूमिकाको जनताले उचित मूल्यांकन गरेको बताउनुभयो । देश नै टुक्रिने हो कि भन्ने आशंका रहेको बेला सबैलाई एकै ठाउँ ल्याएर स्थानीय निकायको निर्वाचनको वातावरण तयार गर्नु निकै ठूलो चुनौती भएपनि जनताप्रतिको उत्तरदायित्वबोध गरेर सबैलाई मिलाएर अघि बढ्न सकेको वहाँले बताउनुभयो ।

मेरो भूमिका देखेर नै होला, गिरिजाप्रसाद कोइरालाले मलाई अब देश तपाईको काँधमा छ भनेर अस्पतालको सैय्याबाट भन्नुभएको थियो । मेरो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेको बेला गाँठो फुकाउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहँदै आयो । अहिले पनि यही भूमिकामा छु । भोलीका दिनमा समृद्ध नेपालका लागि जस्तोसुकै भूमिका खेल्न पनि म तयार छु ।

धार्मिक कार्यक्रममा सहभागी हुने कुरालाई गलतरुपमा चित्रण गरिएकोमा आपत्ती व्यक्त गर्नुहुँदै अध्यक्ष प्रचण्डले राज्यले धार्मिक आस्थाका आधारमा विभेद गर्दै आएकोले धर्म निरपेक्षताको लडाई आफूहरुले नै लडेको जिकिर गर्नुभयो । ‘व्यक्तिको धार्मिक आस्थाको हामीले सधैं सम्मान गर्छांै, तर राज्यका लागि सबै धर्म समान हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ अध्यक्षले भन्नुभयो, ‘त्यसैले म सबै धर्मका कार्यक्रममा समानरुपमा सहभागी हुँदै आएको छु । हिजोका दिनमा माक्र्स, लेनिन र माओले धर्म जनताका लागि अफीम हो भनेपनि जनताको धार्मिक आस्थाको वहाँहरुले पनि सम्मान गर्नुभएको हामी पाउँछौं । तर राज्यले कुनै धर्मलाई काखा र कुनैलाई पाखा लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले गुम्बाको उदघाटनका साथै अवलोकन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Keshab Bahadur Chand

    दुई पाेइल जाने महिला हाेस वा दुई श्रीमती ल्याउने पुरूष हाेस त्यसले ३-४-५ विहे गर्न वा श्रीमती ल्याउन सक्छ अचम्मित हुनु पर्दैन सवैले जाने बुझेक‌ै कुरा हाे ।

      Comment Author

      Naran Puri

      wt do u mean by revolution???

      Comment Author

      Sajeman Shekh

      Revolution is Mr prachanda can support Deuba at anytime and will try to become PM again thats it!

    Comment Author

    Rupesh Kusiyait

    good

    Comment Author

    Krishna Dhakal

    Rajniti chjodera debghat ma gayara basera ta herau deshle nikas paauchha ki paudaina

    Comment Author

    Tulasi Dibash

    मुखमा राम राम बगलिमा छुरा ।

    Comment Author

    Mohan Kayasta

    Leave everything to KP.

    Comment Author

    Naran Puri

    good news

    Comment Author

    Siva Baburam Lamichhane

    अब तिम्रो क्दम काङ्रेस मदेस बादी मिलाएर तिमि पर्धान मन्तिरी तेहि हो हुदा हुन्छ

    Comment Author

    Lal Singh Lal Singh

    very good

    Comment Author

    सरोज बिश्वकर्मा

    ने का को सर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का

    Comment Author

    Durga Aryal

    तपाईं ईमानदार भयिदिये देशले निकास पाइहाल्छ ।

    Comment Author

    Lalit Kumar Shakya

    Nachineko manchhe hoina ni.

    Comment Author

    मदन पाण्डे

    देशले होइन प्रचण्डले निकाश पाउने ठाउँमा भन्न किन गारो मानेको

    Comment Author

    Sajeman Shekh

    Deubalai samarthan garxa abaa yesle kura buje!

    Comment Author

    Badri Prasad Humagain

    बुद्दिको बिर्को खुलेको अबस्था??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?